Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा

सुदूरपश्चिममा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा परेका छन। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार गत वर्ष एक लाख १२ हजार ६ सय ५५ सवारी साधन कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले सवारी कारबाहीबाट ६ करो ४३ लाख बढी राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षमा ६ करोड ४३ लाख ७० हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको हो। 

सुदूरपश्चिममा गत वर्ष १५ हजार ९५ ट्रकलाई कारबाही गरेकोमा  ८८ लाख ८९ हजार पाँच सय, पाँच हजार तीन सय ३७ बसलाई कारबाही गरिएकोमा ३० लाख ३१ हजार, २६ हजार तीन सय २७ जिप/कारलाई कारबाही गरिएकोमा एक करोड ४३ लाख तीन हजार पाँच सय र १३ हजार चार सय ६१ ट्याक्टरलाई कारबाही गर्दा ७७ लाख चार हजार राजश्व संकलन भएको छ। यस्तै, गत वर्ष ट्राफिक प्रहरीले ४३ हजार ६ सय ४६ मोटरसाइकललाई कारबाही गर्दा दुई करोड ५३ लाख ३७ हजार पाँच सय राजश्व संकलन गरेको छ। सुदूरपश्चिममा गत वर्ष आठ हजार सात सय ७९ अन्य सवारी कारबाहीमा परेका छन्। अन्य सवारीको कारबाहीबाट ५१ लाख चार हजार पाँच सय राजश्व संकलन भएको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा पाँच करोड ४१ लाख ९४ हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको थियो। उक्त वर्ष सुदूरपश्चिममा ९७ हजार एक सय सात वटा सवारीलाई कारबाही गरिएको थियो। सुदूरपश्चिममा सवारी साधनको संख्या बढेसँगै कारबाहीमा पर्नेको संख्यासमेत बढेको देखिएको छ।

प्रतिक्रिया