Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा

सुदूरपश्चिममा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार ६ सय बढी सवारी कारबाहीमा परेका छन। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार गत वर्ष एक लाख १२ हजार ६ सय ५५ सवारी साधन कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले सवारी कारबाहीबाट ६ करो ४३ लाख बढी राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षमा ६ करोड ४३ लाख ७० हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको हो। 

सुदूरपश्चिममा गत वर्ष १५ हजार ९५ ट्रकलाई कारबाही गरेकोमा  ८८ लाख ८९ हजार पाँच सय, पाँच हजार तीन सय ३७ बसलाई कारबाही गरिएकोमा ३० लाख ३१ हजार, २६ हजार तीन सय २७ जिप/कारलाई कारबाही गरिएकोमा एक करोड ४३ लाख तीन हजार पाँच सय र १३ हजार चार सय ६१ ट्याक्टरलाई कारबाही गर्दा ७७ लाख चार हजार राजश्व संकलन भएको छ। यस्तै, गत वर्ष ट्राफिक प्रहरीले ४३ हजार ६ सय ४६ मोटरसाइकललाई कारबाही गर्दा दुई करोड ५३ लाख ३७ हजार पाँच सय राजश्व संकलन गरेको छ। सुदूरपश्चिममा गत वर्ष आठ हजार सात सय ७९ अन्य सवारी कारबाहीमा परेका छन्। अन्य सवारीको कारबाहीबाट ५१ लाख चार हजार पाँच सय राजश्व संकलन भएको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा पाँच करोड ४१ लाख ९४ हजार रुपैयाँ सवारी कारबाहीबाट राजश्व संकलन भएको थियो। उक्त वर्ष सुदूरपश्चिममा ९७ हजार एक सय सात वटा सवारीलाई कारबाही गरिएको थियो। सुदूरपश्चिममा सवारी साधनको संख्या बढेसँगै कारबाहीमा पर्नेको संख्यासमेत बढेको देखिएको छ।

प्रतिक्रिया