Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

काँग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान कार्यक्रम ढकारीमा सम्पन्न

काँग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान कार्यक्रम ढकारीमा सम्पन्न

नेपाली काँग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम ढकारीमा सम्पन्न भएको छ । ढकारी गाउँ कार्यसमितिका कार्यवाहक सभापती खड्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधनका क्रममा नेतृ भट्टले काङ्ग्रेस बलियो भएमात्र लोकतान्त्रिक व्याबस्था मजबुद हुँदै जाने बताइन् । पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण कार्यक्रमको सिलसिलामा ढकारी पुग्नु भएकी केन्द्रीय सदस्य भट्टले समयाअनकुल पार्टी संगठन निर्माण गरि अगाडि बढन सबै नेता कार्यक्रता लाई अनुरोध गरिन् ।

केन्द्रीय सदस्य भट्टले अछामको विकासका लागि आफुले भ्याए सम्म प्रदेश र संघिय तहमा पहल गर्ने बताइन् । कार्यक्रममा पार्टीका प्रदेश सदस्य भक्त ठकुल्ला, रुपा आउजी , अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बज्गाई, महासमिति सदस्य बल बहादुर कुवर, सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, सचिव प्रकाश साउद, भुमिसरण बजगाई ,कमल विक, महाधिवेशन प्रतिनिधि पुर्णा शाह, राम बहदुर शाही, यूवा नेता बिनोद थापा, जनक भण्डारी लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।

कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य, क्षेत्रीय समितिका पदाधिकारी सदस्य, निर्वाचन क्षेत्र प्रदेश कार्यसमितिका पदाधिकारी सदस्य नगर तथा गाउँ कार्यसमितिका पदाधिकारी सदस्य बडा कार्यसमितिका पदाधिकारी सदस्य नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्का लगायत भातृ तथा सुभेच्छुक संघ संस्थाका प्रमुख प्रतिनिधि लगाए पटिप्रति आस्थावान मानुभाव हरुको बाक्लो सहभागीता रहेको प्रेस यूनियन अछामका अध्यक्ष जनकराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया