Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक हजार पाँच सय ३७ परिवार विस्थापित भएका छन्। प्रदेशको आन्तरि मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्राकृतिक विपद्बाट उक्त संख्यामा परिवार विस्थापित भएका हुन्। 

प्रदेश सरकारको तथ्याँक अनुसार बिहिवारसम्म प्रदेशका तीन हजार चार सय एक परिवार प्रभावित भएका छन्। एक सय पाँच सय ३७ परिवार विस्थापित भएका  हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ। 
सुदूरपश्चिमका चार सय ९७ घरमा क्षति भएको छ। प्रदेशका १६ वटा घरमा पूर्ण क्षति भएको छ। चार सय ८१ घरहरुमा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। जम्मा चार सय ९७ घरमा क्षति भएको हो। सुदूरपश्चिममा बाढी, पहिरो र डुबनका कारण नागरिक प्रभावित भएका हुन्। 

प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायतका विपतबाट ८५ जनाको ज्यान गएको छ। ३४ पुरुष र ५१ जना महिलाको ज्यान गएको हो। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएको जनाइएको छ। 

पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्। हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन्। त्यस्तै, आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका छन्। हावाहुरी, भारी वर्षा र अन्य कारणले एक–एक जनाले ज्यान गुमाएका छन।

प्रतिक्रिया