Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २५ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

सुदूरपश्चिममा हत्याको श्रृंखला भयावह

सुदूरपश्चिममा हत्याको श्रृंखला भयावह

धनगढीः सुदूरपश्चिमा हत्याको श्रृंखला बर्षेनी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्यांक अनुसार २०७० सालमा ६०, २०७१ सालमा ५६ र २०७२ सालमा ६२ जनाको हत्या भएको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ज्यानसम्बन्धी ५ सय २५ मुद्दा दर्ता भएको अभिलेख छ। आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७७÷७८ सम्म तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा १७१ जनाको हत्या भएको खुलेको छ।

प्रदेशभित्र हरेक वर्ष एकपछि अर्को हत्या गर्ने क्रम बढ्दै गएको छ। सन २०१७ मा १४ पुरुष र ९ महिला गरी २३ जनाको हत्या भयो भने सन २०१८ मा पुरुष १८ र महिला १४ गरी २४ जनाको हत्या भयो। हरेक वर्ष हत्याक्रम बढ्दै गएको इन्सेकको तथ्यांकले समेत देखाएको छ।
हत्या वर्षेनि बढ्दै
प्रदेशभित्र हत्याको श्रृंखला वर्षेनि बढ्दै गएको तथ्यहरुले देखाएको छ। हत्याको श्रृखंला सन २०१९ मा आएर २४ पुरुष र १३ महिला गरी ३७ जनाको हत्या भएको छ भने सन् २०२० त्यो संख्या बढेर २२ महिलासहित १९ पुरुषको हत्या भएको .अभिलेख छ। सन २०२० मा प्रदेशका विभिन्न जिल्लामा गरी ४१ जनाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकले देखाएको हो।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म कुल १३ हजार ९४१ अपराधका घटना भएका छन्। सो अवधिसम्म ज्यान मार्ने उद्योग अन्तर्गत दुई हजार ५५० घटना भएका छन्। त्यस्तै आत्महत्या दुरुत्साहन अन्तर्गत दुई हजार ७८० घटना भएका छन्। सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत एक हजार ४६१ घटना भएका छन्।

डाँका चोरी अन्तर्गत ७३७ वटा घटना भएका छन्। यस्तै सामाजिक अपराधमा तीन हजार ४६५ वटा घटना भएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध अपराध अन्तर्गत एक हजार ८८७ घटना भएका छन्। यस्तै, सवारी दुर्घटना अन्तर्गत ७८५, विविध घटना अन्तर्गत १५५ र अन्य घटना अन्तर्गत १३५ घटना भएको तथ्यांक छ। अपराधका घटनामा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न देखिएका छन्।
किन गरिन्छ हत्या?
घटना विश्लेषण गर्दा सामान्य विवादमै आफन्त र चिनजानकै व्यक्तिबाट हत्या हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। कतिपय घटना सामान्य विवादमै भएको देखिन्छ। अवैध यौन सम्बन्ध र त्यसलाई लुकाउने प्रयास, सामान्य लेनदेन, झैझगडा र तनावका कारण आवेगमा आएर बढी हत्या हुने गरेको प्रहरी अनुभव छ। तराई क्षेत्रमा जमिनको सीमान र कुलोलगायत सामान्य कारणले समेत हत्या हुने गरेको देखिएको छ।

कतिपय क्षेत्रमा सामान्य गालीमा पनि हत्याका घटना भएका छन्। लेनदेन विवाद र अवैध सम्बन्ध नै हत्याको मुख्य कारण हुने गरेको कतिपय प्रहरी अधिकारीहरु बताउँछन्। साथै तत्कालको रिस नियन्त्रण गर्न नसक्दा र अवैध सम्बन्ध लुकाउन धेरैजसो हत्याका घटना हुने गरेको समेत पाइएको छ। सामान्य विवादमा रिस नियन्त्रण गर्न नसक्दा पनि हत्या हुने गरेको छ।
यस्ता छन् न्युनिकरणका उपाय
आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षाल गायतका कारणले मानिसहरू विस्तारै क्रुर हुँदै गएको विश्लेषण हुने गरेको छ। समाज विस्तारै क्रुर हुँदै छ। मानिहरूमा उच्च महत्वकाङ्क्षासँगै जिद्दी स्वभाव बढेको छ। सामान्य आवेगसमेत धान्न नसक्दा हत्या जस्तो जघन्य अपराध हुने गरेको छ। धेरैजसो हत्याका घटना आफन्त र चिनेजानेकै व्यक्तिबाट भएका छन्। रिस उठाउने पनि प्रायः आफन्त नै हुन्छन्।

रिस उठाए भनेर बदलाको भावना लिने स्वभाव बढ्छ अनि आफन्तले नै हत्याको घटना गराउने क्रम बढ्दै गएको हो। अपराधका घटना संख्या भन्दा पनि मनोविज्ञानसँग जोडिएको हुन्छ। आम नागरिकले कति सुरक्षित अनुभव गरे भन्ने विषय महत्वपूर्ण हुन्छ। समाजमा हत्याका घटना नियन्त्रणका लागि जनचेतना बढाउनु पर्ने विज्ञहरू बताउँछन्। अपराधका घटना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण विषय जनचेतना फैलाउनु नै हो।

रिस नियन्त्रण गर्न र समाज व्यवस्थापन गर्न जनचेतना फैलाउनुपर्छ। समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण विषय नैतिक शिक्षा पनि हो। जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने प्रहरी उच्च अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया