Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दिसिनपाले चलायो सेतीपुलदेखि गोदरेगाडसम्म सरसफाइ अभियान

दिसिनपाले चलायो सेतीपुलदेखि गोदरेगाडसम्म सरसफाइ अभियान

डोटी । दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ३ मा सरसफाइ अभियान सुरु गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सेती नदिको पक्की पुलदेखि गोदरेखोलासम्मको सडक वरपर सरसफाइ गरिएको नगरप्रमुख बाजी सिं खड्का (बिजय)ले जानकारी दिए । उनले नगरलाई सफा, स्वच्छ र हराभरा बनाउन अभियान नै संचालन गरेर अघि बढीरहेको बताए ।

सरसफाइ कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी लगायतको सहभागिता रहेको थियो । नगरपालिकाभित्रका सबै वडाहरुमा यस्ता सरसफाइका अभियान अघि बढाइने नगरप्रमुखका स्वकिय सचिव नरेश खड्काले बताए । ‘सरसफाइ अभियानका लागि कार्ययोजना बनाउन वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ’, खड्काले पाँजलोसंग टेलिफोनमा जानकारी दिए, ‘वडाध्यक्षको कार्ययोजना अनुसार जनप्रतिनिधी कर्मचारी लगायतको उपस्थिती रहन्छ ।’

बर्षौदेखि फोहर रहँदै आएको दिपायलको पिपल्ला बजारमा भने नगरप्रमुख खड्काले सुधार ल्याएका छन् । पछिल्लो समय बिगतको जस्तो फोहरको डंगुर, कुहिएका तथा सडेगलेका बस्तुहरुको व्यवस्थापन गरिएको छ । बजारमा फोहोर फ्याक्नेलाई दण्डजरिवाना गराउने भन्दै सूचना जारी गर्दा सरसफाइमा सुधार आएको भन्दै पिपल्लाका ब्यावसायी खुसी रहेका छन् ।

यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया