Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

समयमै उपचार नपाउँदा हुम्लामा झाडापखालाबाट दुई बालकको ज्यान गयो

समयमै उपचार नपाउँदा हुम्लामा झाडापखालाबाट दुई बालकको ज्यान गयो

हुम्ला ः हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ ।

सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले बताउनुभयो ।

इमरानलाई जिल्ला अस्पताल हुम्लाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । तर तत्काल नेपालगञ्ज लैजान जहाज नपाएर बालककाे ज्यान गएको हो । हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण समस्या छ ।

त्यस्तै, झाडापखालाले थलिएर अन्तिम अवस्थामा अस्पतालमा ल्याएका शाहीलाई परिवारले घरमै लगेका र पछि ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । कर्णाली प्रदेशको हुम्ला भौगोलिक हिसाबले अति दुर्गम क्षेत्र हो ।

राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको हुम्लाबाट आवतजावत गर्न भरपर्दो विकल्प हवाई मार्ग हो ।

प्रतिक्रिया

ट्रेन्डिङ