ताजा अपडेट
भीमदत्त राजमार्ग फेरि अवरुद्ध
धनगढीः कैलालीको बुढीतोलामा भीमदत्त राजमार्ग फेरि अवरुद्ध भएको छ। प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलामा वर्षा भएपछि सडक फेरि अवरुद्ध भएको हो। शनिवार बाट खाली ट्रक र टिप्पर गन्तव्यतिर पठाइएको थियो।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडक मर्मत भएपनि वर्षाका कारण यातायात सञ्चालन गर्न सकिएको छैन। जमिन मुनी पानी र सडकमा हिलो भएका कारण यातायात सञ्चालनमा समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले बताएको छ।
गत सोमवार राति राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया