ताजा अपडेट
राष्ट्रिय युवा संघ नेपाल साँफेबगरको तेस्रो अधिवेशन सम्पन्न
अछामः राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी साँफेबगरको तेस्रो अधिबेशन साँफेबगरमा सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष विकास कुँवरको अध्यक्षतामा भएको अधिवेशनबाट पुनः विकास कुँवरकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
जसमा उपाध्यक्ष मीन बहादुर रावल, सचिव धर्मेन्द्र बिष्ट ,कोषाध्यक्ष एलिना कुँवर , सह सचिव रोशनी साउद लगायत अन्य सदस्यहरु रहेका छन ।
अधिवेशनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना प्रमुख अतिथि रहनु भएको थियो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रमेश कुँवर , बालगिरी कुँवर , केशर मिया ,जिल्ला कमिटी सदस्य एवं युवा इन्चार्ज हिरिण्ड कुँवर ,जिल्ला कमिटी सदस्य शंकर भुल ,नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य वि एस ओड , प्रवासी संघ केन्द्रिय सदस्य आकाश कुँवर,नेकपा एमाले साफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर ,उपाध्यक्ष ललित रैगाइ ,नेपाल खेलकुद महासंघ साँफेबगर नगर कमिटी अध्यक्ष राजेन्द्र कोली , नेता केवल आउजी , सुरेश स्वार, पुरन कुँवर, अतिथि रहनुभएको थियो ।
अधिवेशनमा अन्य नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।
संघका नगर कमिटी सह सचिव एलिना कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी उप सचिव खेमराज ताम्राकारले गर्नुभएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया