ताजा अपडेट
अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ
कैलालीको अत्तरियाबाट आगुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो। उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का ३६ वर्षिय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो। धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको हो।
दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया