ताजा अपडेट
पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग एकतर्फी रूपमा सञ्चालन
धनगढी । पाँच दिनदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
एकतर्फी सञ्चालन भए पनि भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी ईन्जीनियर पीयूष चटौतले जानकारी दिए ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक खण्ड पाँच दिनदेखि अवरुद्ध थियो ।
सडक विभाग,सुरक्षाकर्मी र स्थानीयहरूको निरन्तर प्रयासपछि भासिएको सडक मर्मत सम्भार र एकतर्फी सञ्चालन पाँचौँ दिनमा खुले पनि दोहोरो यातायात भने यो बर्खा याममा काम गर्न नसकिने चटौतले बताए । उनले भने नयाँ ट्र्याक खालेको ठाउँमा माटो गिलो र पानी जम्ने भएका दुई तर्फी बाटो संचालान गर्न कठिनाइ भएको हो ।
पहाडी जिल्लाबाट आएका सवारी साधनहरुलाई शनिवार एक÷एक गरी तल झार्ने प्रयास गरिएको र भूस्खलन भएको सडकबाट एउटै गाडी निकाल्न पनि कठिनाइ भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया