Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कक्षाकोठामा सिसिटिभी

कक्षाकोठामा सिसिटिभी

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको हो। कक्षाकोठाको सम्पूर्ण गतिविधि प्रशासन कक्षबाटै नै मूल्याङ्कन तथा अनुगमन गर्न सिसिटिभीबाट गरिने छ। यसरी कक्षाकोठामा सिसिटिभी जडान गरिएपछि पछिल्लो समयमा बालबालिकाले पढाइमा थप ध्यान दिन थालेको जनाइएको छ। 

कक्षा ९ मा अध्ययनरत छात्र वर्षा विक भन्नुहुन्छ, “योभन्दा पहिला शिक्षकले पढाउने बेलामा केही साथी धेरै चकचक गर्ने गथ्र्ये, अहिले कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेपछि सावधान भएर पढ्ने गरेका छन्।” कक्षाकोठामा शिक्षक पढाउने समयमा कोही विद्यार्थी चल्यो भने उसलाई सिधै प्रशासनमा बोलाएर सम्झाउने गरेकाले पनि विद्यार्थी सावधान भएर पढ्ने गरेको उनले बताए ।

मालिका माविका प्राचार्य शुभराज पाध्याय तिमिल्सिनाले शिक्षकले पढाउने बेलामा विद्यार्थी चलेको वा शिक्षकले पढाएको कुरामा राम्रोसँग ध्यान दिएको वा नदिएका बारेमा प्रशासन कक्षबाट नै रेखदेख हुने गरेको बताए। 

उनले पछिल्लो समय विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुसार बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरिएको बताए। 

गर्मी तथा धेरै चिसोको समयमा बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या हुने भएकाले प्राथमिक उपचारका लागि नगरपालिकाले सो विद्यालयमा नर्सको समेत व्यवस्था गरिदिएको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ