Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कक्षाकोठामा सिसिटिभी

कक्षाकोठामा सिसिटिभी

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको हो। कक्षाकोठाको सम्पूर्ण गतिविधि प्रशासन कक्षबाटै नै मूल्याङ्कन तथा अनुगमन गर्न सिसिटिभीबाट गरिने छ। यसरी कक्षाकोठामा सिसिटिभी जडान गरिएपछि पछिल्लो समयमा बालबालिकाले पढाइमा थप ध्यान दिन थालेको जनाइएको छ। 

कक्षा ९ मा अध्ययनरत छात्र वर्षा विक भन्नुहुन्छ, “योभन्दा पहिला शिक्षकले पढाउने बेलामा केही साथी धेरै चकचक गर्ने गथ्र्ये, अहिले कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेपछि सावधान भएर पढ्ने गरेका छन्।” कक्षाकोठामा शिक्षक पढाउने समयमा कोही विद्यार्थी चल्यो भने उसलाई सिधै प्रशासनमा बोलाएर सम्झाउने गरेकाले पनि विद्यार्थी सावधान भएर पढ्ने गरेको उनले बताए ।

मालिका माविका प्राचार्य शुभराज पाध्याय तिमिल्सिनाले शिक्षकले पढाउने बेलामा विद्यार्थी चलेको वा शिक्षकले पढाएको कुरामा राम्रोसँग ध्यान दिएको वा नदिएका बारेमा प्रशासन कक्षबाट नै रेखदेख हुने गरेको बताए। 

उनले पछिल्लो समय विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुसार बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरिएको बताए। 

गर्मी तथा धेरै चिसोको समयमा बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या हुने भएकाले प्राथमिक उपचारका लागि नगरपालिकाले सो विद्यालयमा नर्सको समेत व्यवस्था गरिदिएको छ। 

प्रतिक्रिया