Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

धनगढीका ५ अबैध क्लिनिकमा औषधी व्यवस्था विभागको ताला

धनगढीका ५ अबैध क्लिनिकमा औषधी व्यवस्था विभागको ताला

धनगढी। धनगढी उपमहानगरपालिका क्षेत्रका पाँच वटा औषधि पसलमा औषधी व्यवस्था विभागले ताला लगाएको छ।

शुक्रबार र शनिबार गरिएको अनुगमन निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकमा निलम्बन गरेको छ। एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले जानकारी दिए।

दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिलबन्दी गरिएको जानकारी दिए। शाहले खुद्रा औषधी पसलमा बिक्री वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी-४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता नभएको औषधी बिक्री गर्ने स्वप्निल मेडिकल हललाई ७ दिनका लागि निलम्बन गरिएको बताए ।

उनकाअनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल पसल बन्द गर्दै ७ दिनभित्र कारवाहीका लागि औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। यस्तै, धनगढीको सारथी अस्पतालले प्रमाणपत्रमा उल्लेख भएको फर्मासिस्ट भन्दा अर्को फर्मासिस्टबाट औषधी बिक्री गराएको र लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखिएको पाइएपछि निजलाई औषधी व्यवस्था विमागमा उपस्थित गराउन निर्देशन दिएको शाहले बताए।

धनगढी ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ।

अनुगमनका क्रममा क्याम्पस चोकको जया मेडिकल हलले विभागको ऐनअनुसार बिल फर्मेट नगराखेको पाइएकाले तत्काल सच्याउन निर्देशन दिइएको छ। औषधी व्यवस्था विभागले स्थानीय प्रशासनसँगको समन्वयमा नियमित निरीक्षण अन्तर्गत मेडिकल तथा औषधी पसलमा अनुगमन निरीक्षण गरेको जनाएको छ।

प्रतिक्रिया