Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा सर्पले डसेर दुई सय बढीको मृत्यु

सुदूरपश्चिममा सर्पले डसेर दुई सय बढीको मृत्यु

धनगढीः सुदूरपश्चिममा यो साता मात्र सर्पले डसेर तीन जनाको मृत्यु भइसकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २१ वर्षीया शितल रानाको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको पनि सर्पले डसेर मृत्यु भएको छ। महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले डसेको र बुधबार बिहान उनको मृत्यु भएको हो। गोठमा सुतेकी अनितालाई मंगलबार मध्यराति सर्पले टोकेको थियो।

यस्तै शौचालय जान निस्किएका कैलालीको कैलारी गाँउपालिका–५ जमनीपुरका ६१ वर्षीय मानबहादुर चौधरीको पनि सर्पले डसेर ज्यान गएको छ। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिममा यसैगरी सर्पले डसेर पाँच वर्षको अवधिमा दुई सय चार जनाको मृत्यु भइसकेको छ। सर्पदंशका कारण मृत्यु हुनेहरूमा अधिकांश महिला र बालबालिकाहरू छन्।
सर्पको बिगबिगी
सर्पको बिगबिगी बढ्दै गएपछि सर्पदंशबाट ज्यान गुमाउँनेको संख्या पनि प्रदेशभित्र बढ्दै गएको छ। सर्पको टोकाइबाट हुने मृत्युका सबै घटना भने प्रहरीसँग पुग्ने गरेका छैनन्। यस कारण पनि वास्तविक मृत्युको संख्या अझै धेरै हुन सक्ने अनुमान छ। सर्पले टोकेको एक घन्टाभित्र उपचार सुरु गर्नुपर्ने भए पनि अस्पतालसम्म नपुग्दा ज्यान गुमाउनेको संख्या वर्षेनि बढ्दै गएको हो। 

विभिन्न अध्ययन र सर्वेक्षणले सुदूरपश्चिममा सर्पदंशको जोखिम उच्च रहेको देखाए पनि बर्सेनि सर्पको टोकाइबाट हुने प्रभावित र मृत्युको यकिन तथ्यांक भने उपलब्ध छैन। समयमा उपचार नपाउँदा यसरी अकालमै ज्यान गुमाउनेको संख्या वर्षेनि बढ्दै गएको छ।  विशेष गरी ग्रामीण भेगमा बसोवास गर्ने र विपन्न बढी प्रभावित भइरहेका छन। तराईका जिल्लामा सर्पदंशको उपचारमा जनचेतना नहुनुले झन् बढी प्रभावित भइरहेको छ।

प्रतिक्रिया