Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम प्रदेशबाट अख्तियारमा उजुरी गर्नेको संख्या बढ्दै

सुदूरपश्चिम प्रदेशबाट अख्तियारमा उजुरी गर्नेको संख्या बढ्दै

धनगढीः  सुदूरपश्चिम प्रदेशबाट अख्तियारमा उजुरी गर्नेको संख्या बढ्दै गएको छ।

पछिल्लो तीन वर्षको अवधिमा सुदूरपश्चिमबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा पाँच हजारभन्दा बढी उजूरी दर्ता भएका छन्। आयोगको कार्यालय कञ्चनपुरका अनुसार सो अवधिसम्म पाँच हजार दुई सय ६६ अनियमितता विरुद्धका उजुरी दर्ता भएका हुन्। आर्थिक वर्ष २०७७÷७८ मा एक हजार पाँच सय ७६ वटा उजुरी परेको कार्यालयले जनाएको छ। त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा यस्ता उजुरीको संख्या बढेर एक हजार ७ सय ३९ पुगेको हो। त्यस्तै गत आर्थिक वर्षमा पनि उजुरीको संख्या बढेको कार्यालयको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७९÷८० मा उजुरीको संख्या बढेर एक हजार ९ सय ५२ पुगेको हो। तीन वर्षको अवधिमा परेका उजुरीमध्ये चार हजार पाँच सय १७ उजुरी फछ्र्याैट भएर बाँकी उजुरीमाथि अनुसन्धान भइरहेको छ। तीन वर्षको अवधिमा सबैभन्दा बढी कैलालीबाट उजुरी परेको कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले बताए। सो अवधिसम्म कैलालीबाट एक हजार ३८० परेका छन्।

सबैभन्दा कम बाजुराबाट दुई सय ८४ उजुरी परेका छन्। कञ्चनपुरबाट ८ सय ९८, बैतडीबाट ७ सय २१, डडेल्धुराबाट तीन सय ७२, दार्चुलाबाट तीन सय ८७, बझाङ्गबाट चार सय ६३, अछामबाट तीन सय ९६ र डोटीबाट तीन सय ६५ उजुरी परेको आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया