ताजा अपडेट
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
बाजुराको मुख्य राजमार्गका रुपमा रहेको साँफे–मार्तडी राजमार्ग आइतबार मध्यरातिबाट पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको छ ।
लगातारको अविरल वर्षाका कारण उक्त राजमार्गको अम्कोटमा पहिरो आएपछि सोमबार विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मुख्य सडकका रुपमा रहेको उक्त राजमार्गमा अम्कोट माथिबाट आएको पहिरोका कारण करिव पाँच सय मिटर लामो पहिरो असेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार राजमार्गमा संचालन हुदै आएका लामो र छोटो दुरीका सवारी साधन ठप्प भएको बताएका छन् । अवरुद्ध भएको राजमार्ग पानी रोकिएपछि खोल्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।
लगातारको अविरल वर्षाका कारण मार्तडी–कोल्टी र मार्तडी घटमुना सडक अवरुद्ध अवस्थामा रहेका छन् । सुदूरपश्चिम प्रदेशका गौरवका सडक एक महिनादेखि अवरुद्ध छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया