Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुराको मुख्य राजमार्गका रुपमा रहेको साँफे–मार्तडी राजमार्ग आइतबार मध्यरातिबाट पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको छ ।
 लगातारको अविरल वर्षाका कारण उक्त राजमार्गको अम्कोटमा पहिरो आएपछि सोमबार विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
मुख्य सडकका रुपमा रहेको उक्त राजमार्गमा अम्कोट माथिबाट आएको पहिरोका कारण करिव पाँच सय मिटर लामो पहिरो असेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार राजमार्गमा संचालन हुदै आएका लामो र छोटो दुरीका सवारी साधन ठप्प भएको बताएका छन् । अवरुद्ध भएको राजमार्ग पानी रोकिएपछि खोल्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।
लगातारको अविरल वर्षाका कारण मार्तडी–कोल्टी र मार्तडी घटमुना सडक अवरुद्ध अवस्थामा रहेका छन् । सुदूरपश्चिम प्रदेशका गौरवका सडक एक महिनादेखि अवरुद्ध छन् । 

प्रतिक्रिया

ट्रेन्डिङ