Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्ग एक साता सम्म सुचारु हुन नसक्दा पहाडी जिल्लाहरुमा डिजेल र पेट्रोलको अभाव भएको छ । पहाडको तरकारी निर्यात हुन नसक्दा कुहिएको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते बिहान खसेको पहिरो र राजमार्ग भाँसिदा सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे हुदा यातायातका साधनहरु सञ्चान हुन सकेका छैनन् । यातायातका साधन सुचारु नहुदा डडेल्धुरा लगायत पहाडी जिल्लाहरुमा अहिले डिजेल र पेट्रेलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ । यहाँबाट तरकारी खरिद गरि तराई झरेका ट्रकहरुको समेत तरकारी कुहिएपछि खानीडाडा, बुढीतोलाक्षेत्रमा फालिएको ट्रक चालक दिपक भट्टले बताए । 

डडेल्धुरामा एक सातामा डिजेल र पेट्रोल बोक्ने ट्यांकरले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गर्दथे । चार पटक ट्यांकर आउदा ४८ हजार लीटर डिजलरपट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्श्रलिङ्ग बीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताएका छन् । उनले भने, ‘हिजो सम्म डिजेल, पेट्रोल थियो साँझ सकियो। बाटो खुल्न सकेको छैन । यहाँ डिजेल पेट्रोलको अभाव भएको छ।’ उग्रतारा आयल स्टोरमा त सातामा सात आठ पटक सम्म तेल झार्ने गरेको उनले बताए । अहिले दुई वटै पम्प बन्द गरिएका छन ।

तराई पहाड जोड्ने राजगमार्ग अवरुद्ध भएपनि बुढीतोला माथि सात वटै जिल्ला सदरमुकामका सडक सुचारु नै रहेका छन । यहाँ यातायातका साधन ओहोर दोहोर गरिरहेका छन । केही ग्रामिण सडकहरुमा पनि यातायातका साधनहरु सुचारु नै रहेका छन ।  तर डिजेल, पेट्रोलको अभाव हुदा छोटो दुरीमा सञ्चालनमा रहेका यातायातका साधनहरु ठप्प हुने स्थितीको सिर्जना भएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा।लीका अध्यक्ष मान बहादुर साउले बताए ।

साता यता तरकारीको व्यापार ठप्प जस्तै भएपछि किसान ठूलो मर्कामा परेका छन । 

प्रतिक्रिया