Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्ग एक साता सम्म सुचारु हुन नसक्दा पहाडी जिल्लाहरुमा डिजेल र पेट्रोलको अभाव भएको छ । पहाडको तरकारी निर्यात हुन नसक्दा कुहिएको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते बिहान खसेको पहिरो र राजमार्ग भाँसिदा सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे हुदा यातायातका साधनहरु सञ्चान हुन सकेका छैनन् । यातायातका साधन सुचारु नहुदा डडेल्धुरा लगायत पहाडी जिल्लाहरुमा अहिले डिजेल र पेट्रेलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ । यहाँबाट तरकारी खरिद गरि तराई झरेका ट्रकहरुको समेत तरकारी कुहिएपछि खानीडाडा, बुढीतोलाक्षेत्रमा फालिएको ट्रक चालक दिपक भट्टले बताए । 

डडेल्धुरामा एक सातामा डिजेल र पेट्रोल बोक्ने ट्यांकरले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गर्दथे । चार पटक ट्यांकर आउदा ४८ हजार लीटर डिजलरपट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्श्रलिङ्ग बीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताएका छन् । उनले भने, ‘हिजो सम्म डिजेल, पेट्रोल थियो साँझ सकियो। बाटो खुल्न सकेको छैन । यहाँ डिजेल पेट्रोलको अभाव भएको छ।’ उग्रतारा आयल स्टोरमा त सातामा सात आठ पटक सम्म तेल झार्ने गरेको उनले बताए । अहिले दुई वटै पम्प बन्द गरिएका छन ।

तराई पहाड जोड्ने राजगमार्ग अवरुद्ध भएपनि बुढीतोला माथि सात वटै जिल्ला सदरमुकामका सडक सुचारु नै रहेका छन । यहाँ यातायातका साधन ओहोर दोहोर गरिरहेका छन । केही ग्रामिण सडकहरुमा पनि यातायातका साधनहरु सुचारु नै रहेका छन ।  तर डिजेल, पेट्रोलको अभाव हुदा छोटो दुरीमा सञ्चालनमा रहेका यातायातका साधनहरु ठप्प हुने स्थितीको सिर्जना भएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा।लीका अध्यक्ष मान बहादुर साउले बताए ।

साता यता तरकारीको व्यापार ठप्प जस्तै भएपछि किसान ठूलो मर्कामा परेका छन । 

प्रतिक्रिया