ताजा अपडेट
विनोद शाहीका हत्या आरोपी धरौटीमा रिहा भएपछि मृतका आफन्तहरु आन्दोलित
अछामः अछामको पञ्चदेव विनायकका विनोद शाहीका हत्या आरोपी सर्जनबहादुर शाही धरौटीमा रिहा भएपछि मृतका आफन्तहरु आन्दोलित भएका छन् । उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
आईतवार जिल्ला अदालत अछामले शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको फैसलाविरुद्ध उनीहरुले विनायक बजारमा टायर जलाएर विरोध प्रदर्शन गरेका छन् ।उनीहरुले मध्य पहाडी राजमार्गमा अवरुद्ध पार्न बाटोमा ढुंगा राखेका भएपनि ती ढुंगा हटाइसकिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलास बिष्टले बताएको छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पनि ऐक्यबद्धता जनाएको छ ।
विनोद शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया