Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दुई करोड लगानीमा बनेको संरचना बेवारिसे

दुई करोड लगानीमा बनेको संरचना बेवारिसे

धनगढी । धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो।

तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।

प्रवेश शुल्क (टिकट) लिनका लागि बनाइएको घरमा अनैतिक गतिविधि हुने गरेको स्थानीयको भनाइ छ। बेलैमा प्रयोग र रेखदेख नगर्दा यस्तो अवस्था आएको स्थानीय गयाप्रसाद कुस्मीले बताए। उनले पर्खाल घेरेर ताल संरक्षणका लागि बनाइएको संरचनामा यौन क्रियाकलाप हुने गरेको उल्लेख गरे। “टिकट घर, शौचालय खुला राख्दा राति केटाकेटीका लागि अनैतिक क्रियाकलाप गर्ने थलो बन्दै छ,” उनले भने, “टिकट घरभित्र महिलाले लगाउने कपडा पनि छोडिएका छन्।” नगरपालिकाले तुरुन्त चौकीदार वा सुरक्षाकर्मी खटाएर रेखदेख गर्नुपर्ने सुझाव उनको छ। 

बेवारिसे अवस्थाको तालको संरक्षण तथा पर्यटन गतिविधि सञ्चालनका लागि बनेको संरचना नै बेवारिसे हुनु राम्रो नभएको अधिवक्ता देवीलाल चौधरीले बताए। तालको सौन्दर्यीकरण गरेर पर्यटन गतिविधि सञ्चालनका लागि निजी क्षेत्रलाई दिने धनगढी उपमहानगरपालिकाको तयारी छ।

 निर्माण कम्पनीले उपमहानगरपालिकालाई संरचना हस्तान्तरण नगरेकाले व्यावसायिक प्रयोजनका लागि तौलाहा ताल प्रयोगमा नआएको वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले बताउनुभयो। तर, बनेका संरचना तोडफोड भइरहेका कारण त्यसको संरक्षणका लागि आफूले पत्राचार गरिसकेको उनले उल्लेख गरे। 

२०७६ साल असार १६ गते संरचना निर्माणका लागि ठेक्का भएको थियो। २०७९ साल चैत २० गतेसम्म निर्माण अवधि रहे पनि स्थानीयको विरोधका कारण काम रोकिएको हो। सहमतिपछि गएको वैशाखमा मात्रै निर्माण कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ