Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दुई करोड लगानीमा बनेको संरचना बेवारिसे

दुई करोड लगानीमा बनेको संरचना बेवारिसे

धनगढी । धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो।

तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।

प्रवेश शुल्क (टिकट) लिनका लागि बनाइएको घरमा अनैतिक गतिविधि हुने गरेको स्थानीयको भनाइ छ। बेलैमा प्रयोग र रेखदेख नगर्दा यस्तो अवस्था आएको स्थानीय गयाप्रसाद कुस्मीले बताए। उनले पर्खाल घेरेर ताल संरक्षणका लागि बनाइएको संरचनामा यौन क्रियाकलाप हुने गरेको उल्लेख गरे। “टिकट घर, शौचालय खुला राख्दा राति केटाकेटीका लागि अनैतिक क्रियाकलाप गर्ने थलो बन्दै छ,” उनले भने, “टिकट घरभित्र महिलाले लगाउने कपडा पनि छोडिएका छन्।” नगरपालिकाले तुरुन्त चौकीदार वा सुरक्षाकर्मी खटाएर रेखदेख गर्नुपर्ने सुझाव उनको छ। 

बेवारिसे अवस्थाको तालको संरक्षण तथा पर्यटन गतिविधि सञ्चालनका लागि बनेको संरचना नै बेवारिसे हुनु राम्रो नभएको अधिवक्ता देवीलाल चौधरीले बताए। तालको सौन्दर्यीकरण गरेर पर्यटन गतिविधि सञ्चालनका लागि निजी क्षेत्रलाई दिने धनगढी उपमहानगरपालिकाको तयारी छ।

 निर्माण कम्पनीले उपमहानगरपालिकालाई संरचना हस्तान्तरण नगरेकाले व्यावसायिक प्रयोजनका लागि तौलाहा ताल प्रयोगमा नआएको वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले बताउनुभयो। तर, बनेका संरचना तोडफोड भइरहेका कारण त्यसको संरक्षणका लागि आफूले पत्राचार गरिसकेको उनले उल्लेख गरे। 

२०७६ साल असार १६ गते संरचना निर्माणका लागि ठेक्का भएको थियो। २०७९ साल चैत २० गतेसम्म निर्माण अवधि रहे पनि स्थानीयको विरोधका कारण काम रोकिएको हो। सहमतिपछि गएको वैशाखमा मात्रै निर्माण कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया