Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

दुवै मिर्गौला फेल भएका राजु बादीको प्रत्यारोपणमा आर्थिक समस्या

दुवै मिर्गौला फेल भएका राजु बादीको प्रत्यारोपणमा आर्थिक समस्या

कैलाली । दुवै मिर्गौला फेल भएका एक युवकको आर्थिक अभावका कारण  मिर्गौला प्रत्यारोपणमा समस्या आएको छ । कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरस्थित बादी बस्तीका २० वर्षीय राजु बादीको रकम अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको हो ।

राजुका बुवा नन्दराम बादीले मलिन हुँदै कलिलै उमेरमा छोराको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने भएपनि उपचार पक्रियामा रकम अभाव भएको बताए  ।

उनले भने “सरकारले दिएको जग्गामा बसोबासको व्यवस्था भएको छ ,साँझ बिहान छाक टार्न नै धौ धौ पर्ने मेरो परिवारमा छोरालाई जटिल रोग लाग्यो , सरकारको विपन्न उपचार कोषबाट डाईलासिसमा केही सहयोग पुगेपनि अन्य खर्च धान्न मुस्किल परेको छ ।”

पोखरा संस्थाको होस्टेलमा बसेर अध्ययन गरिरहेका छोराको एकवर्ष पहिले एकाएक दुवै मिर्गौलामा समस्या आएपछि काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए । अहिले भक्तपुर राष्ट्रिय अङ्ग प्रत्यारोपण  केन्द्रमा आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ तर प्रत्यारोपण  गर्दा लाग्ने खर्च करिब दश लाख जुटाउन बादी परिवारलाई सकस परेको छ ।

बादी समुदायका अगुवा समेत रहेका नन्दराम बादीले राष्ट्रिय बादी सञ्जाल बादी उत्थान विकास समितिमा लगायतमा सहयोगको पहल गर्न भनिएपनि कतैबाट सहयोग नआएको गुनासो गरे ।

उनले भने “अरूलाई पर्दा भन्न सजिलो हुने रहेछ ,आफूलाई पर्दा कस्लाई भन्नु, सारै समस्यामा छौ छोरो बचाउन सबैले सहयोग गरिदिनुहोला ।” काठमाडौँमा अस्पतालमा लाग्ने खर्चसँगै लामो समय काठमाडौँमा कोठा लिएर छोराको उपचारमा बसाई खर्च व्यवस्थापनमा समेत बादी परिवारले समस्या आएको बताए । सरसापट,सामान्य सहयोगबाट जनतन अहिले सम्म धानिएको बताउने नन्दरामले अबको उपचार भगवान् भरोसा भएको बताए  ।

प्रतिक्रिया