Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दुवै मिर्गौला फेल भएका राजु बादीको प्रत्यारोपणमा आर्थिक समस्या

दुवै मिर्गौला फेल भएका राजु बादीको प्रत्यारोपणमा आर्थिक समस्या

कैलाली । दुवै मिर्गौला फेल भएका एक युवकको आर्थिक अभावका कारण  मिर्गौला प्रत्यारोपणमा समस्या आएको छ । कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरस्थित बादी बस्तीका २० वर्षीय राजु बादीको रकम अभावका कारण मिर्गौला प्रत्यारोपणमा समस्या आएको हो ।

राजुका बुवा नन्दराम बादीले मलिन हुँदै कलिलै उमेरमा छोराको दुवै मिर्गौलाले काम गर्न छोडेपछि आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने भएपनि उपचार पक्रियामा रकम अभाव भएको बताए  ।

उनले भने “सरकारले दिएको जग्गामा बसोबासको व्यवस्था भएको छ ,साँझ बिहान छाक टार्न नै धौ धौ पर्ने मेरो परिवारमा छोरालाई जटिल रोग लाग्यो , सरकारको विपन्न उपचार कोषबाट डाईलासिसमा केही सहयोग पुगेपनि अन्य खर्च धान्न मुस्किल परेको छ ।”

पोखरा संस्थाको होस्टेलमा बसेर अध्ययन गरिरहेका छोराको एकवर्ष पहिले एकाएक दुवै मिर्गौलामा समस्या आएपछि काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए । अहिले भक्तपुर राष्ट्रिय अङ्ग प्रत्यारोपण  केन्द्रमा आमा पार्वती बादीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ तर प्रत्यारोपण  गर्दा लाग्ने खर्च करिब दश लाख जुटाउन बादी परिवारलाई सकस परेको छ ।

बादी समुदायका अगुवा समेत रहेका नन्दराम बादीले राष्ट्रिय बादी सञ्जाल बादी उत्थान विकास समितिमा लगायतमा सहयोगको पहल गर्न भनिएपनि कतैबाट सहयोग नआएको गुनासो गरे ।

उनले भने “अरूलाई पर्दा भन्न सजिलो हुने रहेछ ,आफूलाई पर्दा कस्लाई भन्नु, सारै समस्यामा छौ छोरो बचाउन सबैले सहयोग गरिदिनुहोला ।” काठमाडौँमा अस्पतालमा लाग्ने खर्चसँगै लामो समय काठमाडौँमा कोठा लिएर छोराको उपचारमा बसाई खर्च व्यवस्थापनमा समेत बादी परिवारले समस्या आएको बताए । सरसापट,सामान्य सहयोगबाट जनतन अहिले सम्म धानिएको बताउने नन्दरामले अबको उपचार भगवान् भरोसा भएको बताए  ।

प्रतिक्रिया