ताजा अपडेट
डोटीको शिखरमा वर्षाले एक घर भत्कियो
                                        
                                        डोटीः डोटीमा अविरल वर्षाका कारण एक घर भत्किएको छ।
जिल्लाको शिखर नगरपालिका–२ खचडाका घनश्याम कामीको ढुङ्गा, माटो, काठले बनेको स्लेटले छाएको ३ कोठे घर आइतबार राति भत्किएको हो। घरभित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगाएत फर्निचरमा क्षति पुगेको छ।
घर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। उक्त घटनाको क्षति बारे पुर्ण विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ।
 
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया