Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रस्तावित शिक्षा ऐन विरुद्ध अछाममा शिक्षकहरू धर्नामा

प्रस्तावित शिक्षा ऐन विरुद्ध अछाममा शिक्षकहरू धर्नामा

 

अछाम : विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज अछामको शिक्षा बिकास तथा समन्वय इकाईमा शिक्षकहरूले धर्ना दिएका हुन। शिक्षक महासंघले यस अघि नै पत्रकार सम्मेलन गरी २० बुँदे माग राख्दै प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। विद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासंघले विभिन्न चरणका आन्दोलन घोषणा गरेको हो। आन्दोलनको कार्यक्रम अन्तर्गत २८ गते अछामका १० वटै पालिकाको कार्यालयमा शिक्षकहरुले ज्ञापनपत्र पेश गर्दै धर्ना दिएका थिए । दोश्रो चरणको कार्यक्रम अनुसार आज पनि शिक्षा बिकास तथा समन्वय इकाई मंगलसेनमा बिहान ११ बजे देखि विभिन्न कार्यक्रम गरि धर्ना दिएका हुन। धर्ना कार्यक्रममा अछामका १० वटै पालिका बाट स्थायी, अस्थायी, राहत, निजी लगायतका सबै शिक्षकहरूको सहभागिता रहेको थियो। शिक्षक महासंघले शिक्षक स्थायित्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक/खुला विधिबाट शिक्षक सेवा आयोग मार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने वा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने, पारिश्रमिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरू तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलबको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणका विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेको छ। आजको धर्ना कार्यक्रमलाई नेपाल शिक्षक संघ का पुर्ब केन्द्रिय सदस्य मदन कुवर नेपाल रास्टिय शिक्षक संगठनका केन्द्रिय सदस्य नर ब रावल शिक्षक महासंघ का जिल्ला अध्यक्ष युवराज शर्मा शिक्षक संघ का जिल्ला अध्यक्ष नबेन्द्र राज जोशि अखिल शिक्षक संगठन जिल्ला अध्यक्ष हरि रावल नेपाल रास्टिय शिक्षक संगठन का सचिब कृष्ण बि क राहात शिक्षक संघ का केन्द्रिय सचिब सरदा चलाउने बालबिकास अध्यक्ष सरस्वती ढुंगाना ले सम्बोधन गरेको कार्यक्रमको संचालन शिक्षक महासंघ का जिल्ला सचिब हर्क बिष्टले गर्नु भएको थियो। आन्दोलनको कार्यक्रम अन्तर्गत महासंघले आज देशभरका जिल्ला शिक्षा समन्वय इकाईमा तीन घन्टा धर्ना दियका छन भने बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा तीन घन्टा धर्ना दिने, भदौ १ गते प्रदेश तथा संघीय सांसदलाई शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा बोलिदिन आग्रह गर्ने, विधेयक संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित गराई काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया