Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देशभर डेंगुका १३ हजार २ सय ९२ विरामी, ११ जनाको मृत्यु

देशभर डेंगुका १३ हजार २ सय ९२ विरामी, ११ जनाको मृत्यु

देशभरि डेंगुका विरामीको संख्या १३ हजार २ सय ९२ जना पुगेकाे छ। हालसम्म ११ जनाको मृत्यु भइसकेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका ७४ जिल्लामा डेंगु फैलिँएकाे छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुका विरामी बढिरहेको बताउनुभयाे ।

डेंगुका सबैभन्दा धेरै विरामी सुनसरीमा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुका विरामी भएका छन्।

मोरङमा १ हजार ५९१, धादिङमा १ हजार २०२, झापामा ८९६, कास्कीमा २४७, धनकुटामा २३६, काठमाडौँमा १९६, दार्चुलामा १९४,  सङ्खुवासभामा १५६ तथा चितवनमा ९० जना डेंगुका विरामी पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

प्रदेश गत रूपमा हेर्दा डेंगु सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ। कोशीमा १० हजार १८२ जना डेंगुबाट विरामी भएका छन्।

बागमती प्रदेशमा १ हजार ७९३, गण्डकीमा ५१०, सुदूरपश्चिममा ४१७,  लुम्बिनीमा २६३, मधेशमा ९२ र कर्णाली प्रदेशमा ३६ जना डेंगुका विरामी देखिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया