Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कक्षा १२ को नतिजा : सबैभन्दा धेरै अङ्ग्रेजीमा १ लाखभन्दा धेरै जना 'ननग्रेडेड'

कक्षा १२ को नतिजा : सबैभन्दा धेरै अङ्ग्रेजीमा १ लाखभन्दा धेरै जना 'ननग्रेडेड'

काठमाण्डाै – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था रहेको छ । जसअनुसार यस वर्ष ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी ननग्रेडेड अर्थात् फेल भएका हुन् ।

यस वर्ष जीपीए ३ दशमलव ६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार नौ सय ७६ जना रहेको छ । यस्तै ३८ हजार नौ सय ९९ जनाले जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याएका छन् । यस्तै ६९ हजार एक सय ७४ जनाले जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २०, ६३ हजार ७७ जनाले जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याएका छन् । यस्तै ११ हजार चार सय ३८ जनाले जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४० र ४७ जनाले जीपीए १ दशमलव ६१ देखि २ सम्म ल्याएका छन् । यो वर्ष एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।

गएको वैशाख २६ गतेदेखि शुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट झन्डै चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेड हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म ननग्रेड ल्याएका एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । एउटा विषयमा मात्र ननग्रेड आउनेको सङ्ख्या ७९ हजार पाँच सय ८४ जना छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नाै हजार पाँच सय २७ जना ननग्रेडेड भएका छन् । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा :

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रतिक्रिया