ताजा अपडेट
भीमदत्त राजमार्ग सुचारु, वर्षा नभए यातायात निर्बाध चल्ने
भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडक खण्डमा भासिएको सडक मर्मत संभार र पहिरो हटाउने कार्य पुरा भएसंगै सिंगल ट्रयाक सञ्चालनमा आएको छ ।
अव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन । यद्दपि हरेक दिन जसो सडक भासिने गरेका कारण मर्मत संभारका क्रममा केही घण्टा भने यातायात सेवा प्रभावित हुने गरेको छ । भासिएको सडक मर्मत संभार यातायात सुचारु गरिएपछि पनि भीमदत्त राजमार्गको क्षतिग्रस्त सडक तीन फिट भासिएको छ ।
अविरल बर्षापछि बुढीतोलामा ११० मिटर सडक नक्साबाटै गायव भएको थियो । वर्षापछि सडक भासिएर १५० मिटर तल पुगेको थियो । त्यस्तै ४१० मिटरमा पहिरो खसेको थियो ।
सडक बिभाग झण्डै साता लामो प्रयासपछि भासिएको सडक मर्मत संभार र पहिरो हटाउन सफल भएको हो ।
क्षतिग्रस्त भीमदत्त राजमार्गको पूर्ण रुपमा मर्मत संभार नभएसम्म सिंगल ट्रयाकमा सवारी साधन चल्ने बताईएको छ ।
मर्मत संभारपछि शुरुमा हलुका सवारी साधनलाई मात्र आवात जावत गर्न दिईएको क्षतिग्रस्त सडक खण्डमा अहिले पनि हेभी गाडीहरुलाई समेत आवात जावत गर्न दिईएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया