Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भीमदत्त राजमार्ग सुचारु, वर्षा नभए यातायात निर्बाध चल्ने

भीमदत्त राजमार्ग सुचारु, वर्षा नभए यातायात निर्बाध चल्ने

भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडक खण्डमा भासिएको सडक मर्मत संभार र पहिरो हटाउने कार्य पुरा भएसंगै सिंगल ट्रयाक सञ्चालनमा आएको छ ।

अव सिंगल ट्रयाकमा गाडी चलाउन अबरोध हुने छैन । यद्दपि हरेक दिन जसो सडक भासिने गरेका कारण  मर्मत संभारका क्रममा केही घण्टा भने यातायात सेवा प्रभावित हुने गरेको छ । भासिएको सडक मर्मत संभार यातायात सुचारु गरिएपछि पनि भीमदत्त राजमार्गको क्षतिग्रस्त सडक तीन फिट भासिएको छ ।

अविरल बर्षापछि बुढीतोलामा ११० मिटर सडक नक्साबाटै गायव भएको थियो । वर्षापछि सडक भासिएर १५० मिटर तल पुगेको थियो । त्यस्तै ४१० मिटरमा पहिरो खसेको थियो ।

सडक बिभाग झण्डै साता लामो प्रयासपछि भासिएको सडक मर्मत संभार र पहिरो हटाउन सफल भएको हो ।

क्षतिग्रस्त भीमदत्त राजमार्गको पूर्ण रुपमा मर्मत संभार नभएसम्म सिंगल ट्रयाकमा सवारी साधन चल्ने बताईएको छ ।

मर्मत संभारपछि शुरुमा हलुका सवारी साधनलाई मात्र आवात जावत गर्न दिईएको क्षतिग्रस्त सडक खण्डमा अहिले पनि हेभी गाडीहरुलाई समेत आवात जावत गर्न दिईएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ