ताजा अपडेट
डडेल्धुरामा एक बालिका मृत फेला
डडेल्धुरा: डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानीकी १४ वर्षीया अमृता राउटे बुधवार बिहान मृत फेला परेकी हुन्। उनी मंगलवार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी थिइन।
माछा मार्न गएकी अमृता अबेरसम्म घर नआएपछि खोजि गरिएको थियो। खोजि गर्ने क्रममा उनको शव आज बिहान रंगुन नदीको किनाराको तटबन्धमा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगादत्त बडुले बताए। उनका अनुसार बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया