ताजा अपडेट
सामुदायिक अंक पत्रको कार्ययोजना समिक्षा साँफेबगरमा सम्पन्न
अछामःसंयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) आइपास नेपाल र साँफेबगर नगरपालिकाको साँझेदारीमा संचालित लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरण अन्तरगत सामुदायिक अंकको समिक्षा साँफेबगरमा सम्पन्न भएको छ ।
साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रमको लेखा जोखा गरिएको थियो ।
नेपाल प्रहरी , महिला तथा बालबालिका सहायता केन्द्र , नगरपालिका , सेफ हाउस लगायत अन्य सेवा प्रदायक निकाय र सेवा ग्राही बीच सेवा प्रदायक निकायले लगत्तै दिने सेवा, छिटोछरितो दिने सेवाका बारेमा समिक्षा गरिएको थियोे ।
साँफेबगर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता संयोजक मनिषा ढुंगानाले संचालन गर्नुभएको कार्यक्रमको सहजीकरण आइपासका कार्यक्रम अधिकृत रमेश थापा र सिएमसीका परामर्शकर्ता पार्वती बोहराले गर्नुभएको थियोे ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया