ताजा अपडेट
बैतडीका एक युवाको भारतमा डेंगी संक्रमणबाट मृत्यु
                                        
                                        बैतडी । डेंगी संक्रमणबाट बैतडीका एक युवाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका-४ चनेताका २० वर्षिय विजय भट्टको भारतमा डेंगी संक्रमणबाट मृत्यु भएको हो।
भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए। उनका अनुसार तिन दिन पहिले विजयलाई उच्च ज्वरोले च्यापेको थियो। ज्वरो आएर बिरामी परेका उनलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगीे संक्रमण पुष्टि भएको थियो।
डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो। बिहान हस्पिटल भर्ना गरिएका उनको दिउंसो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको आफन्तहरुको भनाई छ। उनि रोजगारीको सिलसिलामा ३ महिना पहिले मात्रै भारत गएका थिए।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया