Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएका छन् । बर्खायामसँगै जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्न थालेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ। स्वास्थ्य कार्यालय अछामका अनुसार साउन महिना देखि भाद्र २ गते सम्म ३८ जनामा डेंगु र २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत मिन बहादुर कुँवरले जानकारी दिनु भयो । जिल्लामा सबै भन्दा बढी मंगलसैन नगरपालिकामा १९ जनामा डेंगु देखिएको छ भने ६ जनामा स्क्रब टाइफस देखिएको छ । साँफेबगर नगरपालिकामा ८ जनामा डेंगु ८ जनामा स्क्रब टाइफस देखिएको छ । यस्तै मेल्लेख गाउपालिककमा ३ जनामा डेंगु देखिएको छ भने ३ स्क्रब टाइफस देखिएको छ। यस्तै बान्निगढी जयगढ गाउपालिकामा ३ जनामा डेंगु २ जनामा स्क्रब टाइफस, रामारोशन गाउपालिकामा १ जनामा डेंगु संक्रमण देखिएको स्वाथ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ । अन्य जिल्ला बाट आएका ४ जनामा डेंगु र ५ जनामा स्क्रब टाइफसका पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।अघिल्लो वर्ष भन्दा यो वर्ष डेंगु र स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा बढिरहेको ल्याव अधिकृत कुँवरले बताउनु भयो । संक्रमण भएमा ज्वरो आउने,आँखाको गेडी दुख्ने,शरीरमा डाबर आउने,बेस्सरी टाउको दुख्ने,खानामा रुचि नहुने,पेट तथा आन्द्रामा गडबडी हुने ,जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । डेंगुबाट बच्नका लागि लामखुट्टैको टोकाइबाट बच्नुपर्ने , सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत कुँवरले सुझाव दिनु भयो । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि उँहाले आग्रह गर्नु भएको छ ।

 

 

 

प्रतिक्रिया

ट्रेन्डिङ