Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

अछाममा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएका छन् । बर्खायामसँगै जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्न थालेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ। स्वास्थ्य कार्यालय अछामका अनुसार साउन महिना देखि भाद्र २ गते सम्म ३८ जनामा डेंगु र २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत मिन बहादुर कुँवरले जानकारी दिनु भयो । जिल्लामा सबै भन्दा बढी मंगलसैन नगरपालिकामा १९ जनामा डेंगु देखिएको छ भने ६ जनामा स्क्रब टाइफस देखिएको छ । साँफेबगर नगरपालिकामा ८ जनामा डेंगु ८ जनामा स्क्रब टाइफस देखिएको छ । यस्तै मेल्लेख गाउपालिककमा ३ जनामा डेंगु देखिएको छ भने ३ स्क्रब टाइफस देखिएको छ। यस्तै बान्निगढी जयगढ गाउपालिकामा ३ जनामा डेंगु २ जनामा स्क्रब टाइफस, रामारोशन गाउपालिकामा १ जनामा डेंगु संक्रमण देखिएको स्वाथ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ । अन्य जिल्ला बाट आएका ४ जनामा डेंगु र ५ जनामा स्क्रब टाइफसका पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।अघिल्लो वर्ष भन्दा यो वर्ष डेंगु र स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा बढिरहेको ल्याव अधिकृत कुँवरले बताउनु भयो । संक्रमण भएमा ज्वरो आउने,आँखाको गेडी दुख्ने,शरीरमा डाबर आउने,बेस्सरी टाउको दुख्ने,खानामा रुचि नहुने,पेट तथा आन्द्रामा गडबडी हुने ,जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । डेंगुबाट बच्नका लागि लामखुट्टैको टोकाइबाट बच्नुपर्ने , सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत कुँवरले सुझाव दिनु भयो । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि उँहाले आग्रह गर्नु भएको छ ।

 

 

 

प्रतिक्रिया