ताजा अपडेट
खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृ'त्यु
कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृ'त्यु भएको छ । शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनालाई दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृ'त्यु भएको हो ।
प्रहरी इन्स्पेक्टर जोसीका अनुसार माल्कोटको उच्छवबाट दिदीलाई भेट्न जान लागेका उनीहरुलाई दुदुली खोलाले बगाएको थियो।उनीहरु सबैको श'व फेला परिसकेको छ । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरु बगेका हुन् । अन्नपुर्ण पोष्ट
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया