ताजा अपडेट
बझाङ चैनपुरमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार
बझाङ । बझाङको सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरीएको छ ।
सुर्मा गाउपालिका वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् । घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रिमान कलक बिकले बताए ।
भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एन्डोइड मोबाइसमेत लिएर गएको त्यसपछि अगाढि २ छोरालाइ चक्कुप्रहार गरेको र पछि श्रिमतीलाइ चक्कुप्रहार गरेको उहाले बताउनुभयो । अज्ञात समुहहरुले मुखमा मास्क लगाएकाले सुनिता बिकले बताउनुभएको छ । जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरी अनुसन्धानको क्रममा रहेको छ ।अहिले सम्म भने केहि पत्ता लगाउन सकेको छैन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया