Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ई-सेवाद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

ई-सेवाद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

साउन ३२ , काठमाडौं

नेपाल फोटो पत्रकार महासंघलाई ई-सेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिणामको प्रेस ज्याकेट ईसेवाका प्रमुख बजार व्यवस्थापक युवराज विष्टले काठमाडौंमा आईतबार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त कार्यक्रमका विच हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारिले निम्त्याएको लकडाउनको अवस्थामा फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको पेशागत दयित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संस्थाहरुसंग सहयोग जुटाउन पहल गरेको थियो । महासंघले जिल्ला तथा प्रदेशबाट माग भईआएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटोपत्रकारहरुलाई उपलब्ध गराउँदै आएकोछ ।

कार्यक्रममा एफवन सफ्ट ईन्टरनेसनलका सीओओ शिशिर पछाईंलगायतको उपस्थिति रहेको थियो । महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायतको सहभागीतामा सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया