Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेल्लेख गाउँपालिका उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

मेल्लेख गाउँपालिका उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

मेल्लेख : अछाम जिल्ला मेल्लेख गाउँपालिका स्वस्थ्य कार्यक्रमकाे पालिका स्तरीय आ.ब.०७९/०८० काे बार्षिक समिक्षा तथा आ.ब ८०/८१ काे याेजना तर्जुमा सम्बन्धि २ दिने गाेष्ठि सम्पन्न भएको छ । गाेष्ठि मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सुरु भएको हाे । आर्थिक बर्ष २०७९/०८० मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहितकाे समिक्षा र याे आर्थिक बर्ष २०८०/०८१ मा स्वास्थ्य संस्था सुधारका लागि बार्षिक कार्ययोजना याेजना सहित तयार गरेकाे छ । गाेष्टिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरेकाे छ । जस्मा आधारभूत स्वास्थ्य केन्द्र ऋषिदह प्रथम , मेल्लेख स्वास्थ्य चाैकि द्वितिय ,र ठाटी स्वास्थ्य चाैकी तृतीय भएको छन । यस्तै उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी मध्य हतिकाेट स्वास्थ्य चाैकिका सिनेर अनमि पबन उपाध्या र आधारभुत स्वास्थ्य सेवा केन्द्र का सिनेर अयब कृष्ण बहादुर बुढा सम्मानित भएका हुन। गाेष्ठि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्ष्यतामा सम्पन्न भएको थियो । गाेष्टि समापनमा बाेल्दै उपाध्यक्ष खड्काले मेल्लेख अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्था का समस्या समाधान गर्न स्वास्थ्य मापदण्ड अनुसार संचालन का लागि आवश्यक पर्ने स्राेत साधन र व्यवस्थापनका गर्न गाउपलिका बाट पुर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन । उपाध्यक्ष खड्काले स्वास्थ्य संस्था संचालनमा स्वास्थ्यकर्मी काे महत्त्वपूर्ण भुमिका हुनुपर्ने र समन्वय सहकार्य र इच्छाशक्ति सृजनशिलताका साथ जनता लाई स्वास्थ्य सेवा बाट कुनै कमि गर्न नहुने बताएका छन स्वास्थ्यका समस्य समधान गर्न मेल्लेख गाउपालिका ले पहिलो प्रथामिकता का साथ कार्यक्रम अगाडि बढाउने पनि बताएका छन । यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मी ले जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिनु भएको छ । स्वास्थ्य सेवा सुधार र गुणस्तरीयता बढाउन पुर्बधार बिकास संगै स्वास्थ्य मा पनि लगानी बढाउनुपर्ने कुरामा जाेड दिनुभएको छ । बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि मा मेल्लेख गा पा का आठ वटै वडा काे आ.ब २०७९/०८०मा स्वास्थ्य संस्थाले हाल सम्म भयगरेकाे काम र सेवा प्रबाह समस्य समाधान का लागि कार्ययोजना सहित पेश गरेकाे प्रगति प्रतिबेदन माथि छलफल गरिएको थियोे । स्वास्थ्य बाट दिइने सेवा प्रबाह र स्रोत साधन समन्धि छलफल तथा समिक्षा ,स्वास्थ्य संस्थामा थप सुधार र स्वास्थ्य संस्था बाट प्रबाह हुने स्वास्थ्य सुबिधा प्रभाकारि बनाउने उदेश्य का साथ समिक्षा गरिएको थियोे । यस्तै मेल्लेख स्वस्थ्य शाखा बाट यस अघि संचालन गरेका कृयाकलाप ,स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार तयार गरेकाे छ । गाष्ठि समापनमा वडा न.७ का वडा अध्यक्ष प्रेम बहादुर महर निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार मेल्लेख स्वास्थ्य चाैकीका नर्सिङ रमिता खडका अधारभुत स्वास्थ्य सेवा कन्द्रका इन्चार्ज कृष्ण बुढा लगायतले स्वास्थ्य संस्था प्रभावकारी बनाउन सुझाव राख्नु भएको थियो ।गाेष्ठिकाे सहजिकरण जिल्ला स्वस्थ्य कार्यलय अछामका सिनेर अनमि तथा निरक्षक टीका सर्मा जिल्ला स्वास्थ्य अछामका क्षय,कुष्टराेग निरेक्षक दिपेन्द्र जाेशि राष्ट्रिय क्षयरोग कार्यक्रम सयाेंजक हरिश चन्द्र रावल, मेल्लेख स्वास्थ्य शाखा प्रमख वीर बहादुर ठकुल्लाले गर्नु भएको थियाे । गाेष्ठि समापनकाे संचालन बिरेन्द्र शाहले गर्नु भएको थियोे । समिक्षा गाेष्टिमा अठै वडा का वडा अध्यक्ष हरु स्वास्थ्य ईनचार्ज हरुकाे स्वास्थ्य पदाधिकारी स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

 

 

प्रतिक्रिया