Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गाोष्ठि सम्पन्न

साँफेबगर नगपालिकाको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा तथा योजना तर्जुमा गाोष्ठि सम्पन्न

अछामः साँफेबगर नगपालिकाको आर्थिक वर्ष २०७९÷०८० स्वस्थ्य कार्यक्रमहरुकाको बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि २ दिने  गाोष्ठि साँफेबगरमा सम्पन्न भएको छ । स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढाको अध्यक्षतामा भएको गाोष्ठिमा प्रमुख अतिथि सँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । समापनम गाोष्ठिमा बोल्दै नगर प्रमुख कुँवरले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैले हातेमाले गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ । साँफेबगर नगरपालिकाका केहि वडा  भौगोलिक हिसाबले धेरै टाढा र बिकट भएकाले ती वडामा स्वास्थ्य सेवा प्रर्दान गर्ने निकै चुनौती रहेको बताउनु भएको छ । नगरका सबै वडामा यातायातको सुबिधा नभएको , केहि स्वास्थ्य संस्था एैलानि जग्गामा रहेका र त्यस्ता स्वास्थ्य संस्थामा लालपुर्जा दिन नगरले पहल गर्ने उँहाको भनाई छ । साँफेबगर नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थामा देखिएका समाधानका लागि नगरले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ  । 
साथै नगर प्रमुख कुँवरले बयालापाटा अस्पतालले अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेको र त्यसको दिर्घकालिन व्यावस्थापनका लागि नगरपालिकाकाले अबिभावकको भुमिका निर्बाह गर्ने बताउनु भएकोे छ । मानब जिवनको सबै भन्दा महत्वपुर्ण कुरा स्वस्थय भएकाले त्यसमा लगानी लगाउनु पर्नेमा सहभागिले जोड दिएका थिए । 
गोष्टिमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरेको छ । 
जस्मा मष्टामाडौँ स्वास्थ्य चौकी प्रथम ,नवाठाना स्वास्थ्य चौकी द्वितिय ,र बुढाकोट स्वास्थ्य चौकी तृतीय भएका  छन । गोष्ठिमा स्वास्थ्य संस्थाले बार्षिक रुपमा काम , सेवा प्रवाह गर्दा भैरहेका समस्या,चुनौती र समाधाका बिषयमा पनि छलफल गरीएको थियो । गोष्ठिमा साँफेबगर नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोज,स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङ्गाना , बयालपाटा अस्पतालका मेडिकल निर्देशक मन्दिप पाठक , सम्पुर्ण वडाका वडा अध्यक्ष , बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , सम्पुर्ण वडाका स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थिति रहेको थियो । साँफेबगर नगरपालिकाका सिनियर अनमि जानकी शाहले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक लक्ष्मण नाथ योगीले गर्नु भएको थियो । 

प्रतिक्रिया