Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

कांग्रेस महाधिवेशन सर्दै

कांग्रेस महाधिवेशन सर्दै

आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो ।

पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने एक पदाधिकारीले बताए । ‘कोरोना भाइरस संक्रमण बढ्दै गएमा भदौमा पनि महाधिवेशन गर्न कठिन हुन सक्छ,’ ती पदाधिकारीले भने, ‘अहिलेको अवस्थामा भदौभन्दा पहिला महाधिवेशन सम्भव छैन ।’

पार्टी विधानको व्यवस्थाअनुसार फागुनमै महाधिवेशन गर्नुपर्ने भए पनि संवैधानिक व्यवस्थाअनुसार थप ६ महिना समय लिन सकिने प्रस्ट्याउँदै ती पदाधिकारीले थपे, ‘यसअघि पनि सोही व्यवस्थाका आधारमा १३औं महाधिवेशन साढे पाँच वर्षमा भएको थियो । अहिले कोरोना भाइरसको जोखिमका कारण फेरि त्यही अवस्था आउने देखिएको छ ।’

ती पदाधिकारीका अनुसार कोरोना भाइरस संक्रमणको समयलाई शून्य समय मान्ने हो भने महाधिवेशन गर्न थप अरू पाँच महिना नेतृत्वले लिनसक्छ । ‘रोग बढाएर महाधिवेशन गर्ने भन्ने कुरा भएन । जोखिम कम भएपछि महाधिवेशन हुन्छ’, ती पदाधिकारीले भने । साउन २२ गते बसेको पदाधिकारी बैठकमै नेताहरूले १४औं महाधिवेशन जेठ वा भदौमा सार्ने प्रस्ताव गरेका थिए । ‘महाधिवेशन सारेको दोष लाग्ने भएकाले नेताहरू तैं चुप मै चुप बनका हुन्’, ती पदाधिकारीको भनाइ छ ।  

विधान अनुसार वर्तमान केन्द्रिय कार्य समितिको चार वर्षको कार्यकाल गत फागुनमै सकिएको छ । कार्य समितिले विधानको अतिरिक्त सुविधा उपयोग गर्दै एक वर्ष कार्यकाल थपेको हो । गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले थपिएको एक वर्षभित्रै हुनेगरी २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले महाधिवेशन कार्यतालिका तय गरेको थियो । तर आन्तरिक विवाद र कोरोना भाइरस संक्रमणका कारण कार्यतालिका पटकपटक प्रभावित बनेको छ । संशोधित कार्यतालिका अनुसार पनि काम हुन सकेको छैन ।  

आन्तरिक विवाद र कोरोना संक्रमणका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम हुन नसक्दा १४औं महाधिवेशन फागुनमा नहुने स्थिति देखिएको छ । महाधिवेशन मिति आगामी फागुनबाट सारेर भदौमा पु¥याउने गृहकार्य भइरहेको छ ।

गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम नसकिएपछि असार २२ गते बसेको केन्द्रीय समिति बैठकले साउन १० गतेसम्म सो काम सक्न समय दिएको थियो । तर आइतबारसम्म प्रदेश २ का आठ र अन्य प्रदेशका चार जिल्लामा समायोजन काम सकिएको छैन । कार्यतालिकाअनुसार आइतबारसम्म सबै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सकिसक्नुपथ्र्यो । जबकि आइतबार साँझसम्म ६१ जिल्लामा मात्र नवीकरण र नयाँ वितरणका लागि केन्द्रीय कार्यालयबाट फारम पठाइएको छ । समायोजन नसकिएका प्रदेश २ का आठ जिल्लाका साथै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा, कैलाली, पश्चिम नवलपरासी, मुस्ताङ, रसुवा, काभ्रे र सिन्धुपाल्चोकमा पार्टीको सदस्यता फारम जान बाँकी नै छ ।  

६२ जिल्लामा सदस्यता नवीकरण र वितरण सुरु भएको जानकारी दिँदै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले भने, ‘पहिलाको कार्यतालिकाअनुसार आज (आइतबार) सम्म सदस्यता वितरण गरिसक्नुपर्ने भन्ने हो तर कांग्रेसप्रति युवाको आकर्षण बढ्दा सदस्यता थपिएकाले पार्टी केही समय थप गर्ने क्रममा छ ।’

विभिन्न जिल्लाबाट नयाँ सदस्यताको माग बढेपछि पदाधिकारी बैठकले नवीकरणको सतप्रतिशत नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार २८ जिल्लाले थप ५० प्रतिशत नयाँ सदस्यता फारम पनि लगिसकेका छन् । कोरोना भाइरसको संक्रमण बढी रहेका केही जिल्लाबाहेक अन्यत्र सदस्यता वितरण र नवीकरणको काम जारी रहेको दाबी मुख्यसचिव पौडेलको छ । स्रोतले भने सदस्यता फारम लगेका जिल्लामध्ये पनि केहीमा बाहेक अरूमा सदस्यता वितरणको काम सुरु हुन नसकेको बतायो ।  

केन्द्रीय समितिले पनि सदस्यता छानबिन गर्न बनाउनुपर्ने समिति गठनका लागि चासो देखाएको छैन । केन्द्रीय सदस्य नरहरि आर्चायको संयोजकत्वमा छानबिन समिति गठन गर्ने तयारी कांग्रेसले गरेका थियो तर उनले स्वास्थ्यको कारण देखाउँदै नबस्ने जनाएपछि काम स्थगित भएको छ । महाधिवेशनको तयारीमा लाग्नुपर्ने नेताहरू भने नेतृत्व प्रतिस्पर्धामा जुटेका छन् । नागरिक

प्रतिक्रिया