Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा नवजात शिशुको मृत्युदर घटेन ÷तीन आर्थिक वर्षमा ७९ जना शिशुको ज्यान गयो ।

अछाममा नवजात शिशुको मृत्युदर घटेन ÷तीन आर्थिक वर्षमा ७९ जना शिशुको ज्यान गयो ।

अछामः अछाम जिल्लामा नवजात शिशुको मृत्यु हुने दरमा कमी आउन सकेको छैन।
सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता भित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम चलाइरहे पनि नवजात शिशुको मृत्युदरमा कमी ल्याउन भने नसकेको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्क अनुसार प्रत्येक आर्थिक वर्षमा मृत्यु दर बढ्दै गएको पाईएको छ । गत आर्थिक वर्ष २०७७÷०७८÷०७९÷०८० सम्म अर्थात् तीन आर्थिक वर्षको अवधिमा ७९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा ३१ को मृत्यु भएको छ भने  २०७८÷७९ मा १८  र आर्थिक वर्ष ०७९÷०८० मा ३० जना शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा साँफेबगर नगरपालिकामा ८ जना, मंगलसेनमा ९ जना, पंचदेवल विनायक नगरपालिकामा १ जना कमलबजार नगरपालिकामा ३ जना शिशुको मृत्यु भएको छ ।  यस्तै चौरपाटी गाउपालिकामा १ जना , मेल्लेख गाउपालिकामा ३ जना तुर्माखाँद गाउपालिकामा ४ जना रामारोशन गाउपालिकामा १ जना , ढकारी गाउपालिकामा १ जना शिशुको मृत्यु भएको तथ्याङ्कले देखाएको छ  । यस्तै  आर्थिक वर्ष २०७८÷०७९ मा साँफेबगर नगरपालिकामा २ जना मंगलसेनमा १ जना, पंचदेवल विनायक नगरपालिकामा १ जना कमलबजार नगरपालिकामा ३ जना शिशुको मृत्यु भएको छ ।  यस्तै मेल्लेख गाउपालिकामा ४ जना, बान्नीगढी जयगढ गाउपालिकामा १, तुर्माखाँद गाउपालिकामा ३ जना, ढकारी गाउपालिकामा ३  जना शिशुको मृत्यु भएको छ  ।  यस्तै  आर्थिक वर्ष २०७९÷०८० मा  सबै भन्दा बढी साँफेबगर नगरपालिकामा १३  जना मंगलसेनमा ७ जना, पंचदेवल विनायक नगरपालिकामा २ जना कमलबजार नगरपालिकामा ३ जना शिशुको मृत्यु भएको छ ।  यस्तै मेल्लेख गाउपालिकामा २ जना,  चौरपाटि गाउपालिकामा २ , तुर्माखाँद गाउपालिकामा १ जना शिशुको मृत्यु भएको तथ्याङ्कले देखाएको छ  । 

सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता भित्र राखे पनि हाम्रो समाजमा चलिआएका मुल्य मान्यताले यसमा प्रभाव पारेको साँफेबगर स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढाले बताउनु भयो ।  गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा नवजात शिशुको दरमा न्यूनीकरण हुन नसकेको उँहाको भनाई छ । यस्तै सरकाले कागजमा जति लेखे पनि स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट नछुछेयाएको उँहाको भनाई छ । साथै  स्थानीय स्तरमा स्वास्थ्य संरचनाको अभाव, जनशक्तिको अभाव, औजार उपकरणको अभाव, समयमा नै जटिलता पत्ता लाग्न नसक्ने र पत्ता लागे पनि निदान हुन नसक्नु लगायतका कारणले शिशु मृत्युदर निउनिकरण हुन नसकेको उनले बताए। पोषण, स्वास्थ्य सेवाको पहुँचको कमी, स्वास्थ्य संस्थाहरूमा स्रोतसाधनको अभाव गरिबीलगायतका कारणले शिशु मृत्युदर बढेको हो। 

जन्मदेखि नै बच्चाको स्याहारसुसारमा ध्यान दिएमा ,स्वास्थ्यकर्मीसँग परामर्श लिनुएमा, खानपानमा ध्यान दिएमा ,सरकारले तोके अनुसार  नियमित जाँच गर्न चारपटक स्वास्थ्य संस्थामा गएमा  यसको रोकथाम गर्नै सकिने स्वास्थ्य शाखा प्रमुख बुढाको भनाई छ । सरकारदेखि विभिन्न सम्बन्धित निकाय तथा स्वास्थ्यकर्मीले गर्भावस्थामा गर्न हुने÷नहुनेलगायतका सन्देश प्रवाह गर्दै आए पनि नवजात शिशुको मृत्यु हुने सङ्ख्यामा कमी आउन नसकेको  जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कले पुष्टि गरेको छ ।  
 

प्रतिक्रिया

ट्रेन्डिङ