Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेल्लेखमा एभाेकाडाे खेती : कृषकहरुको एक घर दुई विरुवा निशुल्क वितरण अभियान सुरु

मेल्लेखमा एभाेकाडाे खेती : कृषकहरुको एक घर दुई विरुवा निशुल्क वितरण अभियान सुरु

 

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा एभाेकाडाे खेती विस्तार काे लागि कृषकको प्रत्येक घरमा एक घर दुई विरुवा निशुल्क वितरण गर्ने अभियान आईतवार देखि सुरु गरेकाे छ । मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखकाे सुयडिमा नर्सरी उत्पादन गरि एभाेकाडाे विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेकाे हाे । साेहि क्रममा पालिकाकाे वडा न. ८ हात्तिकाेटका २७२ जाना कृषकलाई ५४४ वटा एभाेकाडाे विरुवा निशुल्क वितरण गरिएको कृषि विकास शाखा अधिकृत मदन साउदले वताएका छन । पहिलो चरण वडा न. ८ हतिकाेट वडा न. ५ बिन्धेवासनी,वडा न. ४ कुस्काेटमा वितरण गरिने जनाएको छ । क्रमशः पालिकाकाे सवै वडामा एभाेकाडाे विरुवा विस्तारकाे लागि कार्यक्रम तयार भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएको छ । नेपालीमा घिउ फल भनिने एभोकाडो मेल्लेखमा कृषि विकास शाखाले विऊ खरिद गरि पाेलिव्यगमा नर्सरी उत्पादन गरेकाे थियो । एभोकाडो हर दृष्टिले महत्वपूर्ण फलफूल बाली हो । भोक र रोग प्रतिरोधको दृष्टिले यसको फाईदा धेरै हुन्छ । यसको रुख तीनतले खेतीका लागि पनि उपयुक्त छ । एभोकाडो मुनि अदुवा, खुर्सानी, बेसार, जडीबुटीलगायतको खेती गर्न सकिन्छ । एभोकाडो बातावरणीय हिसाबमा समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो धेरै उत्पादन भए क्रिम, बटर, साबुन, तेल, मायोनेज सस, वाइनलगायतका भ्यालु एडेड चिजहरू बन्छ । एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित हुने भएको छ । यो बालीले नयाँ प्राविधिक उत्पादनको आहृवान गरिरहेको छ । एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर रहेकाे मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताउनुभयो । एभाेकाडाे मेल्लेख गाउँपालिका काे लागि नयाँ फल भएकोले याेफलकाे महत्त्व धेरै भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी गराउनु भएको छ । एभोकाडोको व्यावसायिक खेतीका लागि मेल्लेख गाउँपालिका कृषि प्राबिधिक लाेकेन्द्र साउद प्रेम बहादुर बुढा सुमन चाैधरी लगायतको टाेली कृषकको टाेल टाेलमै पुगेर एभाेकाडाे वितरणका साथै सहजिकरण गरिरहनु भएको छ ।

प्रतिक्रिया