Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेल्लेखमा एभाेकाडाे खेती : कृषकहरुको एक घर दुई विरुवा निशुल्क वितरण अभियान सुरु

मेल्लेखमा एभाेकाडाे खेती : कृषकहरुको एक घर दुई विरुवा निशुल्क वितरण अभियान सुरु

 

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिकामा एभाेकाडाे खेती विस्तार काे लागि कृषकको प्रत्येक घरमा एक घर दुई विरुवा निशुल्क वितरण गर्ने अभियान आईतवार देखि सुरु गरेकाे छ । मेल्लेख गाउँपालिका कृषि विकास शाखाले मेल्लेखकाे सुयडिमा नर्सरी उत्पादन गरि एभाेकाडाे विरुवा कृषकको घरमै पुगेर निशुल्क वितरण गर्ने अभियान सुरु गरेकाे हाे । साेहि क्रममा पालिकाकाे वडा न. ८ हात्तिकाेटका २७२ जाना कृषकलाई ५४४ वटा एभाेकाडाे विरुवा निशुल्क वितरण गरिएको कृषि विकास शाखा अधिकृत मदन साउदले वताएका छन । पहिलो चरण वडा न. ८ हतिकाेट वडा न. ५ बिन्धेवासनी,वडा न. ४ कुस्काेटमा वितरण गरिने जनाएको छ । क्रमशः पालिकाकाे सवै वडामा एभाेकाडाे विरुवा विस्तारकाे लागि कार्यक्रम तयार भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनुभएको छ । नेपालीमा घिउ फल भनिने एभोकाडो मेल्लेखमा कृषि विकास शाखाले विऊ खरिद गरि पाेलिव्यगमा नर्सरी उत्पादन गरेकाे थियो । एभोकाडो हर दृष्टिले महत्वपूर्ण फलफूल बाली हो । भोक र रोग प्रतिरोधको दृष्टिले यसको फाईदा धेरै हुन्छ । यसको रुख तीनतले खेतीका लागि पनि उपयुक्त छ । एभोकाडो मुनि अदुवा, खुर्सानी, बेसार, जडीबुटीलगायतको खेती गर्न सकिन्छ । एभोकाडो बातावरणीय हिसाबमा समेत निकै फाइदाजनक छ । बाह्रै महिना हरियो रहने भएकोले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ । एभोकाडो धेरै उत्पादन भए क्रिम, बटर, साबुन, तेल, मायोनेज सस, वाइनलगायतका भ्यालु एडेड चिजहरू बन्छ । एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित हुने भएको छ । यो बालीले नयाँ प्राविधिक उत्पादनको आहृवान गरिरहेको छ । एभोकाडो खेती पद्धतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबैलाई अवसर नै अवसर रहेकाे मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले बताउनुभयो । एभाेकाडाे मेल्लेख गाउँपालिका काे लागि नयाँ फल भएकोले याेफलकाे महत्त्व धेरै भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी गराउनु भएको छ । एभोकाडोको व्यावसायिक खेतीका लागि मेल्लेख गाउँपालिका कृषि प्राबिधिक लाेकेन्द्र साउद प्रेम बहादुर बुढा सुमन चाैधरी लगायतको टाेली कृषकको टाेल टाेलमै पुगेर एभाेकाडाे वितरणका साथै सहजिकरण गरिरहनु भएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ