Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुराकी ३२ वर्षीया उज्जलीले जन्माइन बाटोमै शिशु

बाजुराकी ३२ वर्षीया उज्जलीले जन्माइन बाटोमै शिशु

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माउनु भएको छ । 

जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माउनु भएको हो ।  

अस्पतालमा चिकित्सकले जाँच गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने भनेपछि अस्पताललाई खबर नगरी घर फर्किएकी सुनारले बाटोमै बच्चा जन्माएको खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले जानकारी  दिनुभयो ।  

सुत्केरी महिलाको श्रीमान् भारतमा भएकाले अप्रेसन भारतमा गएर गर्ने गरी फर्किनुभएकी सुनारले घर पुग्न नपाउँदै बिचबाटोमा बच्चा जन्माएको रावतले बताउनुभयो ।

घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० स्थित पानीभुवाको सडकमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताउनुभएको छ ।

बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाउनुभएको थियो । अनमी सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गर्नुभएको थियो । 

जिल्लामा उज्जली मात्र नभई केही महिना पहिला बाजुराको गौमुल गाउँपालिका ३ माँझपाली बस्ने २१ वर्षीय भाग्य चदारा बाटोमा बच्चा जन्माउनुभएको थियो  । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माउनुभयो । सुत्केरी व्यथा लागेपछि तीन घण्टा टाढा रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माउनुभयो ।

स्वास्थ्य संस्था टाढा भएकाले लिँदै गर्दा उहाँले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माउनु भएको थियो । 

स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिक विकले केही समय पहिला बाटोमा बच्चा जन्माउनु भएको थियो । सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बलबहादुर विकले बताउनुभयो । 

यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरू बाटोमा र घरमा बच्चा जन्माउने सङ्ख्या निकै रहेको रुँगिन चौकीमा कार्यरत विमला पाण्डेले बताउनुभयो । बाजुरामा चार वर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ ।

गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउँदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताउनु भयो ।  

खड्काका अनुसार जिल्लामा तथ्याङ्क कुनै नभए पनि एक महिना एकदेखि दुईजना महिलाले बाटोमै बच्चा जन्माउने गरेका छन् । 

प्रतिक्रिया