Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिका : बिद्यालयमा स्थानीय उत्पादन कै दिवा खाजा दिन सुरु

चौरपाटी गाउँपालिका : बिद्यालयमा स्थानीय उत्पादन कै दिवा खाजा दिन सुरु

अछाम : जिल्लाको चौरपाटी गाउँपालिकामा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको सुरुवात गरेको छ । वडा नं.१ सिउडी स्थित सिउडी माध्यामिक विद्यालयबाट कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको सुरुवात गरेको हो ।

स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले शुभारम्भ गरे । विद्यालय दिवा खाजा कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष साउदले दिवा खाजा कार्यक्रमले स्थानीय उत्पादनबाट विद्यार्थीलाई ताजा पौष्टिक आहार प्रदान गर्नुका साथै स्थानीय स्तरमा रोजगारीको अवसर प्रदान हुने धारणा व्यक्त राखे ।

गाउँपालिकामा रहेका नाङ्गा डाँडालाई यो कार्यक्रमले हरियालि प्रदान गर्ने समेत अध्यक्ष साउदको विश्वास छ । गाउँमै प्रशस्त मात्रामा कृषिजन्य बस्तुको उत्पादन गर्न सकेमा आत्मनिर्भरको लागि सहज हुने उनले बताए । गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले यो कार्यक्रम लागुभएसँगै यसले सार्थक्ता पाउने बताए । 

कार्यक्रममा वोल्दै समितिका संयोजक एवंम गाउँपालिकाका उपाध्यक्ष सरदेवि खड्काले विद्यालय दिवा खाजा कार्यक्रममा शुद्ध गाउँमा उत्पादित कृषजन्य बस्तुको मात्रै प्रयोेग गर्न आग्रह गरिन् । वालवालिकाले ताजा दिवा खाजा खान पाउनुका साथै कृषक र समुदायको आर्थिक अवस्थामा समेत परिवर्तन आउने उनको भनाई छ ।  

सहयोगि संस्था विश्व खाद्य कार्यक्रमका संयोजक विराट भण्डारीले स्थानीय दिवा खाजा कार्यक्रमले वालवालिकाले ताजा दिवा खाजा खान पाउनुका साथै कृषक र समुदायको आर्थिक अवस्थामा समेत परिवर्तन आउने धारणा व्यक्त गरे । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामचन्द्र जोशीले दिवा खाज कार्यक्रमले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि गरि सिकाइ स्तर सुधारमा मद्दत पुग्ने बताए ।

आधारभूत तहका विद्यार्थी कुपोषित नहोउन, उनीहरुको शारीरिक र मानसिक विकास होस् भन्ने उद्देश्यले सरकारको राष्ट्रिय कार्यक्रम अन्र्तगत विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको उनको भनाई रहेको छ । दिवा खाजा कार्यक्रम अन्र्तगत विद्यालयमा सरकारले लागु गरेको आधारभूत तहको शिशु कक्षादेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई स्थानिय तहको नियमानुसार विद्यालयले अनुकुल अनुसार खाजाको व्यवस्था गरिने जानकारी दिए ।

पोष्टिक आहारमा पोषिलो जाउलो,  क्वाटी र कोदोको पुवा विद्यार्थीलाई खुवाउनु पर्नेछ ।  वडा नंं. सिउडीका सामुदायीक विद्यालयमा दिवा खाजाको जिम्मेवारी  सिउडी वचत तथा ऋण सहकारी संस्था, वडा नं.३ गगुडा, वडा नं.५ लुंग्रा र वडा न. ७ मार्कुमा त्रिपुरा कृषि सहकारी संस्था , वडा नं.४ पायलमा प्रगतिशिल कृषि, पायल वचत तथा ऋण सहकारी र राधाकृष्ण वहुउद्देश्यी संहकारी संस्था र वडा नं.६ दुनीमा शिद्धवावा वचत तथा ऋण सहकारीले सामुदायीक विद्यालयमा दिवा खाजा कार्यक्रम खुवाउने छन् । दिवा खाजा कार्यक्रममा वाक नेपाल, विश्व खाद्य कार्यक्रम र मर्सिकोर नेपालको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया