Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरापाटी गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायीक विद्यालयसँग करार सम्झौता

चौरापाटी गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायीक विद्यालयसँग करार सम्झौता

अछाम : जिल्लाको चौरापाटी गाउँपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायीक विद्यालयसँग करार सम्झौता सुरु गरेको छ । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि प्रधानाध्यापकसँग कार्यसम्पादन सुधारको लागि करार सम्झौता गर्न लागेको हो ।

शैक्षिक सुधारको लागि सामुदायीक विद्यालयका प्रधानाध्यापकसँग ४२ वुद्धा राखेर करार सम्झौता सुरु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामचन्द्र जोशीले जानकरी दिए । शैक्षिक उपलब्धी सुधारका लागि विद्यालयको दुरदृष्टि सहितको गुरुयोजना निर्माण गर्नुपर्ने, शैक्षिक क्यालेण्डर र वार्षिक कार्ययोजना निर्माण, शैक्षिक सत्रको सुरुमा विषय शिक्षकहरुले अध्यापन गर्ने विषयको वार्षिक शैक्षणिक योजना निर्माण गरी अध्ययन अध्यापन गर्ने गराउने करार सम्झौतामा उल्लेख गरिएको छ । 

वार्षिक ३ प्रतिशत सिकाई उपलब्धी वृद्धि हुनु पर्ने, विद्यालयको सेवाक्षेत्र भित्र रहेका सबै बालबालिकाहरुलाई विद्यालय ल्याउने र कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको घोषणा गर्नुपर्ने, विद्यालयमा विद्यार्थीहरुलाई नियमित आउन तथा शैक्षिक सत्रको अन्तिम सम्म टिकाई राख्न बालमैत्रि विद्यालय व्यवस्थापन, समय समयमा अभिभावक अन्तरक्रिया तथा परामर्श, बालसुलभ व्यवहार तथा भय रहित शिक्षणको व्यवस्था गर्नु पर्ने करार सम्झौता उल्लेख गरिएको शिक्षा अधिकृत जोशीको भनाई रहेको छ ।

विद्यार्थी अनुपस्थितिको नियमित विश्लेषण गरी लक्षित अभिभावकसंग नियमित अन्तरक्रिया, विद्यालयमा पुस्तकालयको व्यवस्थापन, सूचना प्रविधि सहितको शिक्षण, श्रब्य दृश्य सामग्री सहितको शिक्षणको प्रबन्ध मिलाउनका लागि आवश्यक पूर्वाधारको व्यवस्था मिलाउनु पर्ने उल्लेख गरिएको छ । 

सबै विषयगत शिक्षकहरुबाट शिक्षण सुधार योजना र नतिजा सुधार योजना निर्माण गर्न लगाई सोको कायान्वयन, महिनाको २ पटक शिक्षण सिकाइ सुधारसँग विषयमा शिक्षक स्टाफको बैठक बसाउने, विद्यालय व्यवस्थापन समितिको वैठक वर्षमा ६ पटक र शिक्षक अभिभावक संघको बैठक वर्षमा कम्तिमा ४ पटक बस्नुपर्ने, शिक्षक, विद्यार्थी, विव्यस शिक्षक अभिभावक संघ र अभिभावक समेतका लागि अलग अलगआचार संहिता निर्माण गरी लागु गर्नु पर्ने करार सम्झौतामा भनिएको छ । 

विद्यार्थीले कक्षाकार्य, गृहकार्य गरे नगरेको समय समयमा अनुगमन गरी अभिलेख राख्ने र अभिभावकबाट विद्यार्थीको गृहकार्यमा अनिवार्यरुपले हस्ताक्षर गर्न लगाउने, विद्यालयमा शिक्षक तथा कर्मचारी अनिवार्य रुपले २३६ दिन उपस्थित गराउनु पर्ने, प्रत्येक शिक्षकले २०५ दिन अनिवार्य रुपले पठनपाठन गरेको सुनिश्चित गर्नु पर्ने, शिक्षक तथा विद्यार्थी अनिवार्य पोशाकमा उपस्थित हुने व्यवस्था मिलाउनु पर्ने,शिक्षकको विदा रेकर्ड व्यवस्थित भएको हुनुपर्ने विदामा बसेको शिक्षकको विदा कट्टी अनिवार्य गरेको हुनु पर्ने करार सम्झौतामा उल्लेख गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामचन्द्र जोशीले जानकरी दिए । 

प्रतिक्रिया