Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सेती लोकमार्ग निर्माणमा उल्झन, रुख कटानीको आदेश नहुँदा निर्माण कार्य अनिश्चित

सेती लोकमार्ग निर्माणमा उल्झन, रुख कटानीको आदेश नहुँदा निर्माण कार्य अनिश्चित

धनगढीः सेती लोकमार्गको तीन सय ५९ किलोमिटरमा हालसम्म दुई सय चार किलोमिटरको मात्र ट्रयाक निर्माण गरिएको छ। कैलालीमा भारतसँगको सीमानादेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गको कैलाली खण्डमासमेत तीन किलोमिटर सडकको ट्रयाक खोलिएको छैन। रुख कटानीको आदेश नभएकाले सडकको ट्रयाक निर्माणमा समय लागेको हो। सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख रमेश भटराईले पुरानो ठेक्काको कैलालीमा तीन किलोमिटर ट्याक खोल्न बाँकी रहेको बताए। उनले भने, ‘कैलालीमा तीन किलोमिटर बाँकी छ। २०७४ देखि ठेक्का लागेको हो। पहिला महेन्द्रनगर र डोटीले ठेक्का गरेका थिए।’ सेती लोकमार्गलाई टीकापुरदेखि चैनपुरसम्म दक्षिण र चैनपुरदेखि ताक्लाकोटसम्म उत्तर गरी दुई भागमा विभाजन गरिएको छ।

टीकापुरदेखि चैनपुरसम्मको दुई सय ४२ किलोमिटरमध्ये एक सय ६४ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। टीकापुरदेखि डोटीको सिमाना ठुलीगाडसम्मको ७२ किलोमिटर खण्ड ट्रयाक ३४ करोडमा खोल्न २०७४ मा लुम्बिनी–नागार्जुन–बानियाँ जेभीसँग सम्झौता भएको थियो। तर, चार वर्षपछि २०७८ मा मात्र सरकारले रूख कटानको अनुमति दिएको थियो। तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। ठुलीगाडदेखि अछाम र डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष मंसिरमा सम्झौता भएको थियो। तर, रूख कटान आदेश नपाउँदा यो खण्डको काम पनि अगाडि बढ्न सकेको छैन। करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ।

अछाममा ७२ किलोमिटरमध्ये ५१ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। अछाममा पनि रूख कटान आदेश नपाउँदा ठेक्का लगाएको ६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम रोकिएको छ। २१ करोडको लागतमा कश्यप निर्माण सेवाले ठेक्का पाएको १३ किलोमिटरमध्ये ६ किलोमिटरमा काम हुन नसकेको हो। बाजुराको सिमानातर्फ अछाममा १५ किलोमिटर र बाजुरामा १२ किलोमिटर सडक ट्रयाक खोल्न ठेक्का नै भएको छैन। बझाङमा दक्षिणी खण्डतर्फ ३८ किलोमिटरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। चैनपुरदेखि ताक्लाकोट जोड्ने उत्तरी खण्डको एक सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमा मात्र ट्रयाक खोलिएको छ। सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख रमेश भटराईले २०७४ बाट ठेक्का सम्झौता गरिएको भएपनि रुख कटानीको आदेश नभएकाले समस्या रहेको उनले बताएका छन्। 

पञ्चायतकालमै सेती लोकमार्गको अवधारणा आएको हो। सेती लोकमार्ग निर्माणका लागि २०६७/६८ मा छुट्टै आयोजना कार्यालय स्थापना गरेर काम अगाडि बढाएको थियो। त्यसअघि सडक डिभिजन डोटी र महेन्द्रनगरले विभिन्न खण्डमा काम गरेका थिए। चीनको मानसरोवर जोड्ने सेती लोकमार्ग छोटो बाटो हो। रुख कटानको आदेश नआउँदा सेती लोकमार्ग निर्माणको काम अनिश्चित बन्न पुगेको छ। लोकमार्गको ट्रयाक खोल्न ठेक्का गरिएको एक बितिसक्दा पनि रुखको संख्या समेत एकिन नहुँदा निर्माण कार्य अनिश्चित बन्न पुगेको हो। सेती लोकमार्गको डोटी खण्डको ४० किलोमिटर भित्र पर्ने रुखको संख्यासमेत एकिन हुन सकेको छैन्। विस्तृत वातावरणीय प्रभाव मूल्याँकन (इआए) र विस्तुत योजना प्रतिवेदन (डिपीआर) तयार गरिएको भएपनि पुनः जाँचको प्रतिवेदन अझै आएको छैन्। टीकापुरदेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म झण्डै तीन सय ५९ किलोमिटर सडकको ट्रयाक निर्माणको कामसमेत अलपत्र अवस्थामा छ। 

प्रतिक्रिया