ताजा अपडेट
बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु
बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु भएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले जानकारी दिनुभयो ।
धनप्रसाद न्यौपाने सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते हुनुभएको थियो । सँगै उद्धार गरिएकी बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसक्नुभएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया