Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो

सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो

धनगढीः निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ। सुदूरपश्चिम प्रदेशको एक रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल सुरु भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि एक पद रिक्त छ।

प्रदेशमा रिक्त रहेको सो पदका लागि आगामी मङ्सिरमा निर्वाचन गराउने तयारी छ। बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो। सोही निर्वाचन क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ। त्यसको निम्ति बजेट र समयको जोहो गर्नुपर्ने देखिएको छ।

आयोगका अनुसार उपननिर्वाचनको निम्ति कम्तीमा एक करोड बजेट आवश्यक पर्ने देखिएको छ। साथै, प्रदेशभरको मतदाताको नामावली तयार गर्नुपर्ने हुन्छ। प्रदेशभरको मतदाता उम्मेदवार बन्न पाउने भएकाले त्यो बाध्यतामा आयोगसँग छ। सत्ता गठबन्धनबाट काँग्रेसका सिंह गत आमनिर्वाचनमा विजयी भएका थिए।

आगामी मङ्सिरमा नै उपनिर्वाचन गर्नेगरी आयोगले तयारी थालेको छ। बझाङमा भएको गाडी दुर्घटनामा कानुनमन्त्री सिंहसहित तीनजनाको निधन भएको थियो। असार ५ गते भएको दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो।

डडेल्धुराबाट गृहजिल्ला बझाङको चैनपुर जाँदै गरेको मन्त्रीसवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी जयपृथ्वी राजमार्गअन्तर्गत केरास्युँ गाउँपालिका–१ झारछडामा दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब ५० मिटर तल कालङा नदीको किनारमा खसेको थियो। गत ६ जेठमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएपछि पहिलोपटक गृहजिल्ला जान लागेका मन्त्री सिंहले घर नपुग्दै ज्यान गुमाउन पुगेका थिए।

प्रतिक्रिया