Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो

सुदूरपश्चिममा उपचुनावको तयारी, निर्वाचन आयोग छलफलमा जुट्यो

धनगढीः निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ। सुदूरपश्चिम प्रदेशको एक रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल सुरु भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि एक पद रिक्त छ।

प्रदेशमा रिक्त रहेको सो पदका लागि आगामी मङ्सिरमा निर्वाचन गराउने तयारी छ। बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो। सोही निर्वाचन क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ। त्यसको निम्ति बजेट र समयको जोहो गर्नुपर्ने देखिएको छ।

आयोगका अनुसार उपननिर्वाचनको निम्ति कम्तीमा एक करोड बजेट आवश्यक पर्ने देखिएको छ। साथै, प्रदेशभरको मतदाताको नामावली तयार गर्नुपर्ने हुन्छ। प्रदेशभरको मतदाता उम्मेदवार बन्न पाउने भएकाले त्यो बाध्यतामा आयोगसँग छ। सत्ता गठबन्धनबाट काँग्रेसका सिंह गत आमनिर्वाचनमा विजयी भएका थिए।

आगामी मङ्सिरमा नै उपनिर्वाचन गर्नेगरी आयोगले तयारी थालेको छ। बझाङमा भएको गाडी दुर्घटनामा कानुनमन्त्री सिंहसहित तीनजनाको निधन भएको थियो। असार ५ गते भएको दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो।

डडेल्धुराबाट गृहजिल्ला बझाङको चैनपुर जाँदै गरेको मन्त्रीसवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी जयपृथ्वी राजमार्गअन्तर्गत केरास्युँ गाउँपालिका–१ झारछडामा दुर्घटनामा परेको थियो। गाडी सडकबाट करिब ५० मिटर तल कालङा नदीको किनारमा खसेको थियो। गत ६ जेठमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएपछि पहिलोपटक गृहजिल्ला जान लागेका मन्त्री सिंहले घर नपुग्दै ज्यान गुमाउन पुगेका थिए।

प्रतिक्रिया