ताजा अपडेट
कैलालीबाट चार लाख ७४ हजार भारुसहित एक जना पक्राउ

धनगढीः कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षिय रमेशबहादुर तिरुवा भारु र लागुऔषधसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्रउ गरेको हो। उनले पंखाको काटुनमा भारतीय मुद्रा राखेका थिए। भारतीय मुद्राको श्रोत नखुलेकाले बरामद गरिएको हो। उनी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा छन्। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको कैलाली प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया