Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदुरपश्चिम विश्वविद्यालयको तालाबन्दी डेढ महिनापछि खुल्यो

सुदुरपश्चिम विश्वविद्यालयको तालाबन्दी डेढ महिनापछि खुल्यो

कञ्चनपुरः  सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी डेढ महिनापछि बिहीवार खुलेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ)ले राजनीतिक भागबन्डा अन्त्य गर्नु पर्ने माग राख्दै साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।

विश्वविद्यालयका कामकाजमा असर परेपछि सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, अन्य पदाधिकारी र विद्यार्थी संगठनबीच छलफल भएको थियो। पाठकले विद्यार्थी संगठनले उठाएका माग सम्बोधनका लागि विश्वविद्यालय सधैं तयार भएको र तालाबन्दीले विश्विद्यालयका कामकाज लामो समयदेखि प्रभावित भएकाले छलफल पश्चात तालाबन्दी खोल्ने सहमति भएको बताए।

यसअघी संगठनले नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोलिने चेतवानी दिएको थियो। तर तालाबन्दीको ३६ औं दिनमा गरिएको पत्रकार सम्मेलनमा संगठनले अब,आन्दोलनको स्वरुप फेरिने जानकारी दिएको छ। विश्वद्यिालयका रजिष्ट्रार पाठकले यस अघि पनि तालाबन्दी खोल्नका लागि विद्यार्थी संगठनसित छलफल गरेका थिए। डेढ महिनासम्म तालाबन्दीले विश्वविद्यालयको कामकाज पुर्णरुपमा प्रभावित भएपछि पुनः छलफल गरेपछि तालाबन्दी खोलेको हो।

राप्रविसंले ताला खोलिए पनि केन्द्रीय क्याम्पसमा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुको तालाबनदी भने यथावत छ। अनेरास्ववियूका नेताहरुले विश्वविद्यालय प्रशासनले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि नबोलाएको बताएका छन्। विश्वविद्यालयले असार अन्तिम साता विभागीय प्रमुख र क्याम्पस प्रमुखहरुको नियुक्ति गरेपछि राप्रविसंले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया