Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदुरपश्चिम विश्वविद्यालयको तालाबन्दी डेढ महिनापछि खुल्यो

सुदुरपश्चिम विश्वविद्यालयको तालाबन्दी डेढ महिनापछि खुल्यो

कञ्चनपुरः  सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी डेढ महिनापछि बिहीवार खुलेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ)ले राजनीतिक भागबन्डा अन्त्य गर्नु पर्ने माग राख्दै साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।

विश्वविद्यालयका कामकाजमा असर परेपछि सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, अन्य पदाधिकारी र विद्यार्थी संगठनबीच छलफल भएको थियो। पाठकले विद्यार्थी संगठनले उठाएका माग सम्बोधनका लागि विश्वविद्यालय सधैं तयार भएको र तालाबन्दीले विश्विद्यालयका कामकाज लामो समयदेखि प्रभावित भएकाले छलफल पश्चात तालाबन्दी खोल्ने सहमति भएको बताए।

यसअघी संगठनले नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोलिने चेतवानी दिएको थियो। तर तालाबन्दीको ३६ औं दिनमा गरिएको पत्रकार सम्मेलनमा संगठनले अब,आन्दोलनको स्वरुप फेरिने जानकारी दिएको छ। विश्वद्यिालयका रजिष्ट्रार पाठकले यस अघि पनि तालाबन्दी खोल्नका लागि विद्यार्थी संगठनसित छलफल गरेका थिए। डेढ महिनासम्म तालाबन्दीले विश्वविद्यालयको कामकाज पुर्णरुपमा प्रभावित भएपछि पुनः छलफल गरेपछि तालाबन्दी खोलेको हो।

राप्रविसंले ताला खोलिए पनि केन्द्रीय क्याम्पसमा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुको तालाबनदी भने यथावत छ। अनेरास्ववियूका नेताहरुले विश्वविद्यालय प्रशासनले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि नबोलाएको बताएका छन्। विश्वविद्यालयले असार अन्तिम साता विभागीय प्रमुख र क्याम्पस प्रमुखहरुको नियुक्ति गरेपछि राप्रविसंले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया