Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

धनगढीको त्रिनगर नाकाबाट हुने खाद्यान्नको आयात-निर्यात ठप्प

धनगढीको त्रिनगर नाकाबाट हुने खाद्यान्नको आयात-निर्यात ठप्प

धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट हुने आयात-निर्यात ठप्प छ। साउन २८ गतेदेखि प्लान क्वारिन्टिन टुर मुकाम कार्यालय मोहनामा कर्मचारी नहुँदा आयात-निर्यात ठप्प भएको हो।

प्लान क्वारिन्टिन कार्यालयमा कर्मचारी नहुँदा त्रिनगर नाकाबाट हुने आयात-निर्यात रोकिएर नेपालगन्ज नाका प्रयोग गर्नुपरेको छ। नेपालगन्जबाट आयात गर्दा गाडी भाडा महँगो पर्न जाने र त्यसको असर उपभोक्तासम्म पर्ने भएको छ। आयात-निर्यातको काम तत्काल सुचारु नगरे कैलालीका उद्योग व्यवसाय बन्द हुने र त्यसको असर उपभोक्तालाई समेत पर्ने व्यवसायी बिक्रम सिंहले बताए। "भारत तथा तेस्रो मुलुकबाट सुदूरपश्चिममा हुने खाद्यान्न, फलफूल र तरकारीको आयात रोकिँदा, यहाँका खाद्य उद्योग समस्यामा परेका छन्। त्रिनगर नाकाबाट आयात-निर्यात रोकिँदा व्यवसायीले नेपालगन्ज नाका प्रयोग गर्नुपर्ने अवस्था आएको छ। नेपालगन्ज नाका प्रयोग गर्दा ढुवानी भाडा महँगो पर्न जाने र त्यसको असर उपभोक्तासम्म पर्ने भएको छ," सिंहले भने। त्रिनगर नाका भएर दैनिक २० देखि २५ ट्रक खाद्यान्न, फलफूल र तरकारी आयात हुने गरेकोमा हाल खाद्यान्न, फलफूल र तरकारीको आयात ठप्प हुँदा व्यवसाय बन्द गर्नुपरेको गुनासो गरिएको छ।

कञ्चनपुरको गड्डाचौकी नाका सञ्चालनमै भए पनि त्यहाँबाट दैनिक दुई/तीन गाडी मात्रै सामान आयात हुने गरेको छ। बनबासा पुलका कारण गड्डाचौकी नाका भएर ठुला गाडीमा सामान आयात-निर्यात गर्न मिल्दैन। त्रिनगर नाकामा रहेको प्लान्ट क्वारिन्टिन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आयात निर्यात तत्काल सुचारू हुनुपर्ने माग धनगढीका व्यवसायीको छ। नाका बन्द हुँदा राजश्व असुलीमा कमि आउने, धनगढीमा सञ्चालनमा रहेका ठुला खाद्यान्न उद्योग बन्द हुने र दसैं तिहारको मुखमा महङ्गी बढेर उपभोक्ता समेत मर्कामा पर्ने अवस्था उत्पन्न भएको व्यवसायी मनोज अग्रवालले बताए। "भारतबाट गहुँ, मकै, धान फलफूल र तरकारी दिनहुँ आयात हुने गर्छ। तर, प्लान क्वारिन्टिनमा कर्मचारी नहुँदा अहिले आयात गर्न सकिएको छैन," उनले भने, "आयात सुचारु भएन भने खाद्य उद्योग बन्द हुन्छ्न् भने राजस्व असुली घट्नुका साथै दसैं-तिहारको समयमा उपभोग्य सामग्रीको मूल्य वृद्धि हुने जोखिम बढेको छ।"

सीमा नाकामा सरकारले प्लान्ट, पशु र खाद्य क्वारेन्टिन कार्यालय खोलेको छ। प्लान्ट क्वारेन्टिनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ। त्रिनगर नाका हुँदै ठुलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ। प्लान्ट क्वारिन्टिनमा कर्मचारी व्यवस्थापन गरेर परीक्षणको कार्य सुचारु गर्न उद्योगी व्यवसायी र कैलाली उद्योग वाणिज्य संघले प्रदेश सरकार, संघीय कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटकपटक अनुरोध गर्दै आएका छन्। तर पनि बिहीबारसम्म प्लान्ट क्वारिन्टिन टुर मुकाम मोहनामा कर्मचारी आएका छैनन्।

कर्मचारी व्यवस्थापनका लागि विभिन्न ठाउँमा पहल गरेको तर सुनुवाइ नभएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको गुनासो छ। "हामीले प्लान्ट क्वारिन्टिनको विषयमा प्रदेश सरकार र संघीय सरकारसँग कुरा उठाइसकेका छौँ। तर, अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन। मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइएको छ। कर्मचारी पठाउने काम भने भएको छैन," अध्यक्ष कुँवरले भने।

त्रिनगर भन्सारस्थित प्लान्ट क्वारिन्टिन कार्यालय कर्मचारी बिहिन भएपछि त्रिनगर नाकाबाट नेपाल भित्रिने खाद्य तथा कृषिजन्य वस्तुको आयात-निर्यात पूर्ण रुपमा बन्द छ। जसका कारण वार्षिक करोडौ राजस्व तिर्ने सुदुरपश्चिम प्रदेशका दर्जनौ उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया