ताजा अपडेट
गेटामा विश्वविद्यालय सञ्चालनको माग राख्दै ज्ञापनपत्र
                                        
                                        धनगढी: गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग राख्दै संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ। बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा चालु अधिवेशनबाट विश्वविद्यालयको विधेयक पास हुनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम र नेपाल सरकारले २०७९ माघ २९ गते गरेको निर्णय र सरकार र सांसदहरूले अहिलेसम्म दिएको आश्वासनअनुसार गेटामा विश्वविद्यालय सञ्चालन गर्न माग गरिएको छ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको तर्फबाट दिइएको ज्ञापनपत्र बुझ्दै समितिका सभापति जोशीले विश्वविद्यालय विधेयक निर्माणको चरणम रहेको र चालु अधिवेशनमा नै सदनमा पेस हुने बताएका छन्। उनले समितिको सभापति र यो क्षेत्रको सांसदको हैसियतले गेटामा विश्वविद्यालय सञ्चालनमा ल्याउन इमानदार प्रयास गर्ने बताएका छन्।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया