ताजा अपडेट
खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाण्डाै - खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।
त्यस्तै, खाना पकाउने ग्यासकाे एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि ग्यासको भाउ १ हजार ६ सय ६० थियो ।
त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि काठमाण्डौमा पेट्रोल १ सय ७८ र डिजेल/मट्टितेल १ सय ६७ रुपैयाँ थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै भाउ बढेको जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया