ताजा अपडेट
एसिया कपमा आज भारत र पाकिस्तान भिड्ने
                                        
                                        एसिया कपअन्तर्गत शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। भारत पहिलो खेलबाट सुखद सुरुआत गर्न चाहन्छ । भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ।
एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।
एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो खेल खेलेपछि उनीहरू सुपर फोर र फाइनलमा भिड्ने सम्भावना छ। यसका लागि समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंकामध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।
इंग्ल्याल्याण्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत–पाकिस्तान पहिलोपटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।
गत वर्षको टी–२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेलमा भारतलाई पाँच विकेटले नै हराएको थियो।
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया