ताजा अपडेट
कञ्चनपुरमा वृद्धालाई करणी गर्न खोज्ने युवक पक्राउ
                                        
                                        कञ्चनपुरः कञ्चनपुुरमा ७० वर्षीया वृद्धामाथि बलात्कार गर्न खोज्ने युवक पक्राउ परेका छन्। जबरजस्ती करणी उद्योग गरेको अभियोगमा दोधाराचाँदनी नगरपालिका–७ बस्ने ३२ वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुनारले वृद्धालाई भदौ १४ गते राति घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराको टोलीले पक्राउ गरेको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया