Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सहजपुर–बोगटान सडक निर्माण अधुरै, क्षेत्राधिकार विवाद अर्को बाधक

सहजपुर–बोगटान सडक निर्माण अधुरै, क्षेत्राधिकार विवाद अर्को बाधक

धनगढीः कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्मको ५० दशमलव २७ किलोमिटर सडक कालोपत्र गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते शिलान्यास गरे। सडक निर्माण सुरु भएको पाँच वर्ष भन्दा धेरै समय भइसकेको छ। तर, सडक कालोपत्रको काम पूरा भएको छैन।

सहजुर क्षेत्रमा पहिरो, शिवनगर क्षेत्रमा क्षेत्राधिकारको विवाद र डोटीको अन्तिमतिर चट्टानका कारण सडक निर्माणमा समय लागेको दाबी छ। सहजपुर–बोगटान सडकका इन्जिनियर अशोक मल्लले काम पूरा नभएको बताए। उनले भने, ‘काम सकिएको छैन। काम गर्दैछौ। पहिरो सफा गर्दैछौ। समय सकिएको छ। एक वर्ष अझै लाग्छ।’

सहजपुर–बोगटान सडकको ९२ प्रतिशत भौतिक प्रगति पुगेको छ। सहजपुर नजिकै चार सय मिटरमा पहिरोका कारण सडक कालोपत्र भएको छैन। शिवनगरमा पाँच सय मिटर र डोटीमा साढे चार सय मिटर कालोपत्र भएको छैन। मल्लका अनुसार विवाद, पहिरो र चटनका कारण कालोपत्रको काम समयमा सम्पन्न हुन नसकेको दाबी छ।

२०७५ फागुनमा ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो। तर, सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन्। एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ। विसं २०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो। तीन वर्षमा निर्माणको काम पूरा गर्नुपर्ने भएपनि पाँच वर्षसम्म काम सकिएको छैन।

सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने हो। तर, सम्झौताको समयमा काम पूरा भएन। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ।

प्रतिक्रिया