Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सहजपुर–बोगटान सडक निर्माण अधुरै, क्षेत्राधिकार विवाद अर्को बाधक

सहजपुर–बोगटान सडक निर्माण अधुरै, क्षेत्राधिकार विवाद अर्को बाधक

धनगढीः कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्मको ५० दशमलव २७ किलोमिटर सडक कालोपत्र गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते शिलान्यास गरे। सडक निर्माण सुरु भएको पाँच वर्ष भन्दा धेरै समय भइसकेको छ। तर, सडक कालोपत्रको काम पूरा भएको छैन।

सहजुर क्षेत्रमा पहिरो, शिवनगर क्षेत्रमा क्षेत्राधिकारको विवाद र डोटीको अन्तिमतिर चट्टानका कारण सडक निर्माणमा समय लागेको दाबी छ। सहजपुर–बोगटान सडकका इन्जिनियर अशोक मल्लले काम पूरा नभएको बताए। उनले भने, ‘काम सकिएको छैन। काम गर्दैछौ। पहिरो सफा गर्दैछौ। समय सकिएको छ। एक वर्ष अझै लाग्छ।’

सहजपुर–बोगटान सडकको ९२ प्रतिशत भौतिक प्रगति पुगेको छ। सहजपुर नजिकै चार सय मिटरमा पहिरोका कारण सडक कालोपत्र भएको छैन। शिवनगरमा पाँच सय मिटर र डोटीमा साढे चार सय मिटर कालोपत्र भएको छैन। मल्लका अनुसार विवाद, पहिरो र चटनका कारण कालोपत्रको काम समयमा सम्पन्न हुन नसकेको दाबी छ।

२०७५ फागुनमा ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो। तर, सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन्। एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ। विसं २०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो। तीन वर्षमा निर्माणको काम पूरा गर्नुपर्ने भएपनि पाँच वर्षसम्म काम सकिएको छैन।

सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने हो। तर, सम्झौताको समयमा काम पूरा भएन। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ